आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जिल्ला अदालत काठमाडौँमा हाजिर हुँदै रवि लामिछाने

  • प्रकाशित मिति : आइतवार, पुस २८, २०८१



  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएका छन् । लामिछानेमाथि काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारीमा ठगीको अभियोग लागेकाले उनी अदालतमा आफैँ हाजिर हुन लागेका हुन् ।

    यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पुस २५ गते धरौटीमा रिहा भएका पूर्वगृहमन्त्री लामिछाने पुस २६ गते साँझ काठमाडौं आइपुगेका थिए । रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार लामिछाने आज अदालतमा हाजिर हुनेछन् ।

    उनविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा चितवन सहकारी र पर्साको सानो पाइला सहकारी ठगी सम्बन्धी मुद्दाहरू पनि दर्ता हुने प्रक्रिया चलिरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij