आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

समाजवादको बाटो कस्तो हुने भन्नेकुरामा वैचारिक अन्योल छ : जनार्दन शर्मा

  • प्रकाशित मिति : बुधबार, फाल्गुन २८, २०८१



  • काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले संविधानमा उल्लेखित समाजवादको बाटो कस्तो हुने भन्नेकुरामा वैचारिक अन्योल देखिएको बताउनुभएको छ ।

    नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले बुधबार आयोजना गरेको नयाँ युगको कार्यभार : वैकल्पिक राजनीतिक औचित्य र आधार विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उपमहासचिव शर्माले विकासको मोडालिटी नै प्रष्ट नभएको भन्दै बजेट खर्च गर्न समस्या भएको बताउनुभयो । उहाँले कर्मचारीतन्त्रले साशकले भनेको नमान्दा राज्यका समस्या समाधान गर्न नसकिएको जिकिर गर्नुभयो ।

    उपमहासचिव शर्माले राजनीतिक परिवर्तन भएपनि राज्यका अङ्गहरु पुरानै रहेकाले उनीहरुको बुद्धि विवेकले काम नगरेको आरोप लगाउनुभयो । उहाँले सत्तामा पुगेका हरेक नेताहरुलाई पुरानो कर्मचारीतन्त्रले सञ्चालन गर्ने गरेको दाबी गर्नुभयो । अबको विकल्प राजनीतिमा नभइ कर्मचारीतन्त्रमा चाहिएको उहाँको भनाइ छ ।

    उपमहासचिव शर्माले राज्य संयन्त्रभित्र सुधार गर्नुपर्नेमा जोड दिनुभयो । वर्तमान अर्थतन्त्रमा देखिएको संकटको समाधान नेताहरुले दिनुपर्ने उहाँको भनाइ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij