आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

संविधान भित्रैबाट विकल्पको राजनीति खोज्न सकिन्छ : मिनेन्द्र रिजाल

  • प्रकाशित मिति : बुधबार, फाल्गुन २८, २०८१



  • काठमाडौं । नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले नेपालले चीन र भारतबाट प्राप्त गरेको भूराजनीतिक अवसरलाई महशुस गर्न राजनीति गर्ने तरिका बदल्नुपर्ने बताउनुभएको छ ।

    नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) बुधबार काठमाडौंमा गरेको नयाँ युगको कार्यभार : वैकल्पिक राजनीतिक औचित्य र आधार विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै नेता रिजालले राजनीति गर्ने पुरानै तौरतरिकाका कारण राष्ट्रिय राजनीतिमा सधैँ विकल्पको राजनीति खोज्नु पर्ने बाध्यता हुने बताउनुभयो । उहाँले नेपालमा भारतलाई खुशी बनाएर वा घुक्र्याएर सत्तामा पुग्ने गरेको भन्दै नेपाली राजनीतिलाई कारोबारी राजनीतिको संज्ञा दिनुभयो । नेपालले चीन वा भारतको नजिक वा टाढा भन्दा पनि भूराजनीतिक हिसावले आफ्नो राजनीतिक प्रणालीमा दृढसङ्कल्पित हुनुपर्ने उहाँको भनाइ छ ।

    नेता रिजालले विकल्पको राजनीति प्रणाली पनि वर्तमान संविधान भित्रैबाट खोज्न सकिने बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij