मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

प्रचण्ड शौचालयमा लडेर घाइते, स्वास्थ्य सामान्य

  • प्रकाशित मिति : बुधबार, बैशाख २४, २०८२



  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन् । घटना राति सुत्नुअघि शौचालय जाँदै गर्दा भएको उनका सचिवालयले जनाएको छ ।

    घटनापछि तत्कालै अस्पताल लगेर आवश्यक स्वास्थ्य परीक्षण गरिएको थियो । चिकित्सकले अवस्था सामान्य रहेको पुष्टि गरेका छन् । प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार स्वास्थ्य परीक्षणपश्चात् उनी घर फर्किसकेका छन् र हाल पुनः नियमित काममा फर्किएका छन् ।

    घटना सामान्य भए पनि नेताको स्वास्थ्यप्रति चासो व्यक्त गर्नेहरूमाथि प्रेस सल्लाहकार आचार्यले धन्यवाद व्यक्त गरेका छन् । पार्टी स्रोतका अनुसार चिकित्सकको सुझावअनुसार केही दिन विश्रामसहितको कार्यतालिका अनुसार गतिविधि सञ्चालन हुनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij