आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

राजसंस्था नफर्किएसम्म आन्दोलन रोकिदैन : राजेन्द्र लिङदेन

  • प्रकाशित मिति : शुक्रबार, बैशाख २६, २०८२



  • sf7df8f}F, #! h]7M ;+ljwfg ;+zf]wgdflysf] 5nkmndf /fk|kfsf lnªb]g k|ltlglw;efsf] zlgaf/sf] a}7sdf d'n'ssf] gofF gSzfnfO{ cg';"rLdf ;dfj]z ug{ k|:t't …g]kfnsf] ;+ljwfg -bf];|f] ;+zf]wg_ ljw]os, @)&& dfly bkmfaf/ 5nkmnsf qmddf efu lnFb} राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देन . tl:a/M /f]zg ;fksf]6f÷/f;;

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले गणतन्त्र र धर्मनिरपेक्षताको अन्त्य गरेर राजासहितको प्रजातन्त्र चाहनेबीच ध्रुवीकरण हुन जरुरी रहेको बताएका छन् ।

    राजसंस्था पुनःस्थानाका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले बिहीवार काठमाडौंमा गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा रहेका अन्य दलका नेता कार्यकतालाई ध्रुवीकरण हुन आह्वान गरेका हुन् ।

    ‘राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापनासहित संघीयता खारेजीको आन्दोलनका लागि वैशाख २५ महत्वपूर्ण दिन हो । गणतन्त्र र धर्मनिरपेक्षताको अन्त्य गरेर राजासहितको प्रजातन्त्र चाहनेबीच ध्रुवीकरण हुनु जरुरी छ,’ उनले भने, ‘यो आन्दोलन राष्ट्रवादीहरुको आन्दोलन हो यसका लागि सिंगो देशवासीलाई आन्दोलनमा सहभागी हुन आग्रह गर्दछु ।’

    उनले राष्ट्रवादीहरुको आन्दोलन देशका लागि भएकोले सम्पूर्ण देशवासीलाई आन्दोलनमा सहभागी हुन आग्रहसमेत गरे । अबको आन्दोलन सफल नभएसम्म नरोकिने दाबी गर्दै अध्यक्ष लिङदेनले मुलुक यही अवस्थामा बसिरहन नसक्ने भएकाले अब नयाँ सम्झौतामा जानुपर्ने स्पष्ट पारे ।

    ‘अब आन्दोलन सफल नभएसम्म रोकिँदैन । मुलुक यही अवस्थामा बसिरहन सक्दैन, नयाँ सम्झौतामा जानैपर्छ । अब राजादेखि सबै शक्ति अटाउनसक्ने आपूmहरुको प्रस्ताव नस्वीकारे गणतन्त्र पक्षधरहरु बढारिने छन्,’ उनले भने, ‘अब बल सरकारको कोर्टमा छ । तपाईहरु के चाहनुहुन्छ । देखिरहनुभएको होला केही दिन पहिला सम्पूर्ण राज्यशक्ति प्रयोग गरेर यो आन्दोलनको प्रतिवाद गर्ने अभ्यास पनि गर्नुभयो ।’

    यदी आपूmहरुको प्रश्ताव अस्वीकार गरी गणतन्त्र पक्षधरले दमनको बाटो रोजे उनीहरु बढारिने चेतावनीसमेत दिए । ‘दमन र जालझेलको सहारा नलिई समझदारीमा आउन गणतन्त्र पक्षधर दल र सरकारलाई आग्रह गर्छु । राजसंस्थाको कुरा गर्नु भनेको लोकतन्त्रको विरोध गर्नु होइन, उन्नत मुलुकमा राजतन्त्र अहिले पनि छ’उनले भने ।

    अध्यक्ष लिङदेनले अबदेखि राप्रपाका सबै कार्यक्रम आन्दोलनको एउटा अंगको रुपमा अघि बढ्ने घोषणासमेत गरे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij