आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपालमा दिन प्रतिदिन भ्रष्टाचार बढिरहेको छ : प्रचण्ड

  • प्रकाशित मिति : बिहिबार, साउन ८, २०८२



  • काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आम नागरिकमा ठुलो निराशा पैदा हुँदै गएको बताएका छन् ।

    नेपाल खबरले आफ्नो १० वर्ष प्रवेश गरेको अवसरमा काठमाडौँमा आयोजना गरेको राइजिङ नेपाल समिट २०२५ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले सत्य सापेक्ष हुने भन्दै जनतालाई भनेजस्तो किन सेवा सुविधा दिन सकिएन भनेर सोच्न जरुरी रहेको बताए । उनले त्यसको समीक्षा गर्ने जिम्मेवारी राजनीतिक दलहरूको भएको पनि बताए । नेपालमा दिन प्रतिदिन भ्रष्टाचार बढिरहेको बताए । भ्रष्टाचारको स्थिति दुनियाँमा तुलना गर्दा नेपाल क्रमशः भ्रष्टाचारी मुलुकभित्र अघि बढिरहेको उनको भनाइ छ ।

    उनले भने ‘सत्य सापेक्ष हुन्छ, निरपेक्ष हुँदैन । तर यो बिचमा जनताको अपेक्षा र हाम्रो पोलिसीहरुको बिचमा के कन्ट्यारडिक्शन भयो, जसले ठुलो फ्रस्टेशन समाजमा पैदा हुँदै गएको छ । त्यसको समीक्षा गर्ने जिम्मेवारी पनि राजनीतिक दल, समाज, निजी क्षेत्र सबैको हो । किन भ्रष्टाचार दिनप्रतिदिन झन् बढ्यो, सही निष्कर्षमा पुग्न नेगेटिभ साइट पनि हेर्नुपर्छ । अहिले भ्रष्टाचारको स्थिति दुनियाँमा तुलना गर्दा नेपाल क्रमशः भ्रष्टाचारी मुलुकभित्र अघि बढिरहेको छ । किन यति धेरै बढ्यो । अराजकता र बेथिति पनि सबैतिर ब्युरोकेसी, जुडिसियरीदेखि, लेजिस्लेटिप सबै संस्थाहरू यो अराजकता के कारणले बढेको छ भन्नेकुराको समीक्षा हुन जरुरी छ ।’

    अध्यक्ष दाहालले अब सजिलै जनतालाई सन्तुष्ट गर्ने स्थिति नरहेको बताए । संविधानको समीक्षा गरेर संशोधनतर्फ अघि बढ्नुपर्ने बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij