आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बहुविवाह कानुनबारे सरकारको आधिकारिक धारणा माग गर्दै कानून मन्त्रीलाई तोसिमाको ध्यानाकर्षण पत्र

  • प्रकाशित मिति : मङ्लबार, साउन २०, २०८२



  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. तोसिमा कार्कीले पुरुषलाई बहुविवाहको अधिकार दिने गरी कानुन बन्न लागेको भन्ने हल्लाले समाजमा भ्रम र खैलाबैला मच्चिएको भन्दै सरकारको आधिकारिक धारणा माग गरेकी छन्।

    मंगलबार उनले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीलाई भेटेरै यसबारे तत्काल स्पष्ट पार्न मागसहित पत्र बुझाएकी हुन्।

    सामाजिक सञ्जाल र सञ्चारमाध्यममा ‘बहुविवाहलाई कानुनी मान्यता दिन लागियो’ भन्ने चर्चाले आम नागरिकमा भ्रम फैलाएको र महिला अधिकारकर्मीहरू आमरण अनसनमा समेत बसिरहेको अवस्थाप्रति गम्भीर हुँदै डा। कार्कीले सरकारले यस विषयमा ढिलासुस्ती गर्न नहुने बताएकी छन्।

    ‘पुरुषले बहुविवाह गर्न पाउने सम्बन्धी कानुन निर्माण हुँदै भन्ने विषयले सामाजिक सञ्जाल र सञ्चारमाध्यम तातेको छ, खैलाबैला मच्चिएको छ,’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘सरकारले यस्तो गम्भीर विषयमा कत्ति पनि ढिलासुस्ती नगरी यथाशीघ्र र आजै जवाफ दिनुपर्छ।’

    उनले मन्त्रीलाई बुझाएको पत्रमा हालको मुलुकी अपराध संहिता, २०७४ ले बहुविवाहलाई दण्डनीय अपराध मानेको स्मरण गराउँदै यस्तो संवेदनशील विषयमा गलत सन्देश प्रवाह हुनुले सामाजिक सद्भावमा असर पार्ने उल्लेख गरेकी छन्।

    उनले पत्रमार्फत नागरिकको उत्तरदायित्व र विधिको शासनप्रति विश्वास व्यक्त गर्दै मन्त्रालयलाई यथार्थ जानकारी तत्काल सार्वजनिक गर्न अनुरोध गरेकी छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij