मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

प्रथम गुरुङ मेरो भ्वाइस युनिभर्स र रिस्ता गुरुङ मेरो डान्स युनिभर्स घोषित

  • प्रकाशित मिति : आइतवार, भदौ ८, २०८२



  • ललितपुर । मेरो भ्वाइस युनिभर्स सिजन-२ को विजेता प्रथम गुरुङ घोषित भएका छन् । यस्तै मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ भएकी छन् ।

    इन्ट्रा फाउन्डेसनद्वारा ललितपुरको सनराइज सम्मेलन केन्द्र गोदावारीमा आयोजित मेरो भ्वाइस युर्निभर्स र मेरो डान्स युनिभर्सको सिजन–२ को ग्राण्ड फिनालेमा दुवै जनालाई विजेता घोषणा गरिएको हो । विजेताले जनही रु. एक करोड नगद पुरस्कारसहित रु. २५ लाख बराबरको जीवन बिमा, हवाई टिकटका साथमा विभिन्न पुस्कार प्राप्त गरेका छन् ।

    मेरो डान्स युनिभर्सको फस्ट रनरअप भई अमृता राईले रु. २५ लाख नगदसहित सिटिजन्स लाइफबाट रु. २० लाख बराबरको जीवन बिमा प्राप्त गरेकी छन् । सेकेन्ड रनरअप भई सीतु महर्जनले रु. १० लाखसहित सिटिजन्स लाइफबाट रु. १५ लाख बराबरको जीवन बिमा प्राप्त गरेका छन् । थर्ड रनरअप सुरज सिंजाली मगरले रु छ लाख नगदसहित सिटिजन्स लाइफबाट रु. १० लाख बराबरको जीवन बिमा तथा फोर्थ रनरअप सुशना कोइरालाले रु. पाँच लाख नगद, सिटिजन्स लाइफबाट रु. १० लाख बराबरको जीवन बिमा प्राप्त गरेका छन् । फिप्थ रनरअफ साजन पाख्रिन तामाङले नगद रु. चार लाख र सिटिजन्स लाइफबाट रु. १० लाख बराबरको जीवन बिमा प्राप्त गरेका छन् ।

    यसैगरी मेरो भ्वाइस युनिभर्सको फस्ट रनरअप भई टोपराज तामाङले रु. २५ लाख नगदसहित रु. २० लाख बराबरको जीवन बिमा तथा सेकेन्ड रनरअप जुनु प्रसाईँले रु. १० लाख र १५ लाख बराबरको जीवन बिमा प्राप्त गरेका छन् । थर्ड रनरअप वांगे गुरुङले रु. छ लाख र सिटिजन्स लाइफबाट रु. १० लाख बराबरको जीवन बिमा, फोर्थ रनरअप प्रशान्त पोखरेलले रु. पाँच लाख नगद, रु. १० लाख बराबरको बिमा तथा फिप्थ रनरअप दीपराज राईले नगद रु. चार लाख तथा सिटिजन्स लाइफबाट रु. १० लाख बराबरको बिमा प्राप्त गरेका छन् ।

    कल्चरल ग्रुप डान्स प्रतिस्पर्धामा भुटनिज रेफुजी डान्स ग्रुपले विजेता भई रु. २५ लाख र गिफ्ट ह्याम्पर प्राप्त गरेको छ भने फस्ट रनरअप कल्चरल ग्रुप डान्समा मनास्लु वर्ड कलेजले रु. १५ लाख प्राप्त गरेको छ । त्यसै गरी, युमा महारानी नृत्य समूह सेकेन्ड रनरअप हुन सफल भइ रु. १० लाख प्राप्त गरेको छ । थर्ड रनरअप भएर नेपाल प्रहरीले रु. पाँच लाख प्राप्त गरेको छ भने सामूहिक नृत्यतर्फ तरेली सांस्कृतिक ग्रुपले फोर्थ अनरअप भई रु. तीन लाख पुरस्कार प्राप्त गरेको छ ।

    विजेतालाई सभामुख देवराज घिमिरे, गृहमन्त्री रमेश लेखक, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलगायतले पुरस्कार तथा ट्रफी प्रदान गरे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij

    Skoraj vsi pri kuhanju zelenjave pretiravamo s časom, zato izgubi okus in vitamine. Z nekaj preprostimi triki bodo jedi bolj sočne, zdrave in zanimive; podrobnosti je vredno raziskati. Znanci svetujejo limono, a guacamole porjavi Ko zjutraj odpremo hladilnik, hitro najdemo idejo za okusen zajtrk. Malo sveže zelenjave, jogurta in domišljije zadostuje za hranljiv začetek dneva.