मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

टी-२० विश्वकप छनोटको पहिलो खेल कुवेतसँग, विजयी लक्ष्यका साथ मैदानमा उत्रँदै नेपाल

  • प्रकाशित मिति : बुधबार, अशोज २२, २०८२



  • काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक रिजनल फाइनलको आफ्नो पहिलो खेलमा नेपालले आज कुवेतको सामना गर्दैछ । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा नेपाली समयअनुसार बेलुका ८:४५ बजेदेखि सुरु हुने यो खेल दुवै टोलीका लागि महत्त्वपूर्ण रहेको छ ।

    नेपाल र कुवेतबीच टी-२०आई क्रिकेटमा हालसम्म तीन पटक भेट भएको छ, जसमा नेपालले २ खेल जितेको छ भने कुवेतले १ खेल आफ्नो पक्षमा पारेको छ । यसै वर्ष अप्रिलमा हङकङमा भएको चारदेशीय शृंखलामा यी दुई टोली दुईपटक भिडेका थिए । लिग चरणमा नेपाल विजयी भए पनि फाइनलमा भने कुवेतले नेपाललाई हराउँदै बदला लिएको थियो ।

    आजको खेल जित्ने टोलीका लागि सुपर सिक्समा स्थान बनाउने सम्भावना लगभग निश्चित हुनेछ । कुवेतले नेपाललाई यसअघि नै हराइसकेकाले नेपाली टोलीले विपक्षीलाई कमजोर आँक्ने गल्ती गर्ने छैन । दुवै टोली उच्च मनोबलका साथ मैदानमा उत्रने अपेक्षा गरिएको छ ।

    यस प्रतियोगितामा ९ टोली सहभागी छन्, जसमध्ये ३ टोलीले आगामी वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने टी-२० विश्वकपमा स्थान बनाउनेछन् । यसपटक टी-२० विश्वकप छनोटको संरचनामा केही परिवर्तन गरिएको छ, जसमा एसिया र इस्ट एसिया पेसिफिक (इएपी) क्षेत्रका टोलीहरूलाई समावेश गरेर ‘टी-२० विश्वकप एसिया एण्ड इएपी छनोट’ नाम दिइएको छ ।

    नेपाली टोली: रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij

    Con l'arrivo dell'autunno, molti autori aggiornano il blog e rivedono la struttura del sito personale. Per rendere i contenuti più chiari ed efficaci, vale la pena approfondire il tema. macchie sulle gambe, la sorellina salva Il dettaglio che elimina gli ignorare il calo dopo pranzo? Come scrivere su un quaderno o pubblicare subito online, anche un blog personale nasce da una scelta semplice: seguire l'ispirazione del momento o costruire un ritmo sostenibile. La costanza fa il resto.