प्रकाशित मिति : बिहिबार, अशोज २३, २०८२
काठमाडाैं । ओमानमा जारी आईसीसी टी-२० क्रिकेट विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपालले विजयी सुरूवात गरेको छ।
ओमानमा बुधबार राति भएकाे खेलमा नेपालले आफ्नो पहिलो खेलमा कुवेतमाथि ५८ रनको जित निकालेको हो। नेपालले दिएको १ सय ४२ रनको लक्ष्य पछ्याएको कुवेत १८ दशमलव १ ओभरमा ८३ रनमै अलआउट भयो। कुवेतका लागि ओपनर क्लिन्टो अन्तोले सबै भन्दा बढी २६ रन बनाए भने यसिन पटेलले १९ रन जोड्न सकेका थिए। मीत भाश्वरले ११ रन जोड्दा अरु ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङमा नेपालका ललित राजवंशी, सन्दीप लामिछाने र रोहित पौडेलले २-२ विकेट लिएका थिए। सोमपाल कामी, नन्दन यादव र कुशल भुर्तेलको नाममा १-१ विकेट रह्यो। त्यसअघि ओमान क्रिकेट एकेडेमीमा टस जितेको कुवेतले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १ सय ४१ रन बनाएकाे हाे।
नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका थिए। अन्तिम ओभरको पाँचौ बलमा आउट भएका भुर्तेलले ५६ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ६६ रन बनाएका थिए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij