प्रकाशित मिति : मङ्लबार, भदौ २, २०८३
काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार १०३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६४, सिसिटिभिमार्फत ६६, रातोबत्तीमा २६ जना चालकलाई कारबाही गरिएको छ ।
यसैगरी, तीव्रगतिमा १४४, हर्न निषेधमा ३८, लेन क्रसमा ५६, अवस्था ठिक नभएको ३४, एकतर्फीमा १६ र अन्यमा ६५९ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij