बुधबार, भदौ ३, २०८३ | Wednesday 19th August 2026

भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता

  • प्रकाशित मिति : बुधबार, भदौ ३, २०८३



  • काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा आएका भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठ तथा श्रीमती कोमल सेठ चार दिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता भएका छन् ।

    उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदिपजङ्ग केसी र उनकी धर्मपत्नीले बिदाइ गरेका थिए।

    भ्रमणको दौरान सेनाध्यक्ष सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गरेका थिए । उनले आफ्नो भ्रमणको दौरान राष्ट्रपति, प्रधानमन्त्री एवं रक्षा मन्त्री र प्रधान सेनापतिसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका थिए ।

    सेनाध्यक्ष सेठको भ्रमणले दुई देशबीच रहँदै आएको सौहार्दपूर्ण सैनिक सम्बन्धलाई अझ सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुगेको नेपाली सेनाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता
    प्रेस काउन्सिलका चार सदस्यको शपथ
    कोशी प्रदेशमा २८४३ जना फरार प्रतिबादी पक्राउ, जरिमाना स्वरुप १४ करोड १७ लाख ५४ हजार १८ उठ्यो
    ‘रास्वपा सांसदहरू चिठ्ठा परेर आएका हुन्’ भन्ने अभिव्यक्तिप्रति सांसद आशिका तामाङको आपत्ति
    राष्ट्रिय सुरक्षा नीतिमा विचलन आयो, बालेनसहितलाई सरकारबाट हटाउनुपर्छ : बादल
    सतर्कता केन्द्रको एक्सन : ११ हजार कर्मचारी कारबाहीमा, गुनासो सुनुवाइमा तीव्रता
    कप्तानगञ्ज र सिराहा घटना: दुई सिडिओसहित प्रहरीमाथि कारबाही सिफारिस
    कोशीका DIGP खनालद्वारा जि.प्र.का. सुनसरी र ई. प्र.का. सीतागंजको निरीक्षण
    कोशीका DIGP खनालद्वारा कोशी प्रदेश प्रहरी अस्पताल सुनसरीको निरीक्षण अनुगमन {फोटो फिचर}
    कोशीका DIGP खनालद्वारा पुर्ब प्रहरी संगठनका प्रमुखहरुसंग अन्तरक्रिया र छलफल कार्यक्रम सम्पन्न

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij