प्रकाशित मिति : आइतवार, कार्तिक ९, २०८३
धनुषामा श्रीमान्–श्रीमती नै मृत अवस्थामा फेला परेका छन्। मिथिला बिहारी नगरपालिका–३, मथिलेश्वरस्थित माइतीघरमा बस्दै आएकी ३० वर्षीया रिनादेवी यादवको हत्या भएको आशंका गरिएको छ भने उनका श्रीमान् ३५ वर्षीय उमेश यादव पनि मृत फेला परेका छन्।
प्रहरीका अनुसार रिनादेवीको घाँटीमा धारिलो हतियार प्रहार भएको घाउ देखिएको छ। उनको हत्या भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
रिनाका श्रीमान् उमेश घरभन्दा करिब एक किलोमिटर टाढा रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन्। उनको घर मिथिला बिहारी नगरपालिका–४, भरतपुरमा रहेको छ। उनी केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए। उनी घटनाको अघिल्लो दिन मात्रै ससुराली पुगेका थिए।
मृतक दम्पतीका चार वर्षीय छोरा छन्। बालकको एउटा तिघ्रामा समेत धारिलो हतियार प्रहार भएको घाउ देखिएको प्रहरीले जनाएको छ।
धनुषाका प्रहरी DSP ओमप्रकाश खनालले घटनाको प्रकृति शंकास्पद देखिएको बताएका छन्। उनका अनुसार प्रहरी घटनास्थलमा पुगेर घटनाबारे अनुसन्धान गरिरहेको छ।
घटनाको वास्तविक कारण र मृत्युको परिस्थितिबारे अनुसन्धानपछि थप विवरण खुल्ने प्रहरीले जनाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij