प्रकाशित मिति : शुक्रबार, कार्तिक १९, २०७३
रौतहट । पूर्वमन्त्री एवं अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समितिका सभापति प्रभु साहले संविधान संशोधन नेताहरुको भाषणमा मात्र सिमित भएको टिप्पणी गरेका छन् ।
छठ पर्वको उपलक्ष्यमा माओबादी केन्द्र जिल्ला संगठन समिति रौतहटद्वारा जिल्ला सदरमुकाम गौरमा शुक्रवार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई संबोधन गर्दै उनले नेताहरुले संविधान संशोधन प्रकृया शुरु हुन्छ भन्दै नेपाली जनतालाई ठग्ने असफल प्रयास गरिरहेको आरोप लगाए ।
संविधान सबैको हुनलाई संबिधान संशोधनको विकल्प नरहेकाले संशोधनको लागी बिलम्ब नगर्न उनले सबै दललाई आग्रह गरे ।
६० प्रतिशत किसान रहेको देशमा बैंकहरुमा मात्र कृषी सेवामा १० प्रतिशत लगानी हुनु ठूलो बिडम्बना रहेको पूर्वमन्त्री साहले बताए ।
रौतहट लगायत मधेशका आठ जिल्लामा भ्रष्टाचारको बिगबिगी भएकाले सरकारको ध्यान जानुपर्ने उनले माग गरेका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij