शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

पुरन्धारा छहरा गुरु योजना अझै कार्यान्वयनमा आएन

  • प्रकाशित मिति : बुधबार, कार्तिक २४, २०७३



  • दाङ । पुरन्धारा छहराको गुरु योजना निमार्ण भएको करिब दुई दशक पुग्दा समेत
    कार्यान्वयन तहमा आउन सकेको छैन । २०५६ सालमा जिल्ला विकास समितिको पर्यटन
    विकास समितिले एक करोड ५० लाखको गुरु योजना बनाएको पुरन्धारा छहरा केन्द्रका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले बताउनुभयो ।

    छहराको विकासका लागि हालसम्म पुरन्धारा गाउ विकास समितिले ५० हजार मात्र रकम विनियोजन गरेको समेत अध्यक्ष भण्डारीले बताउनुभयो । जिल्ला विकास समितिबाट हालसम्म एक लाख
    ५० हजार, पर्यटन विकास कार्यालय भैरवाबाट १६ लाख प्राप्त भएको समेत अध्यक्ष भण्डारीले बताउनुभयो । पटक पटक जिल्ला विकास समित, गाविसमा छहराको विकासका लागि रकम माग गर्दा कुनै सुनुवाईनभएको समेत भण्डारीले बताउनुभयो ।

    दैनिक रुपमा छहराको अवलोकन र पिकनिका लागि १५ देखि २० वटासम्म समुह आउने गरेको कार्यालय कुमार वलीले बताउनुभयो । प्रति बस रु ४ सय र ट्याक्सीबाट २सय रकम लिने गरको समेत बताउनुभयो । करिब २ दशक अघि बनाएको गुरु योजना समेत समितिमा नरहेका कारण कार्यान्वयनमा समस्यादेखा परेको अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताउनुभयो । छहरामा हाल ४ वटा पिकनिक स्पट, शौचालय र २ वटा गोल घर रहेको बताएको छ । ट्वाङखोला देखि छहरासम्मको
    सडक मर्मत समेत गरिएको छ ।

    छहरामा खानेपानीको समस्या रहेको पिकनिक पुगेका खुमराज पाण्डेले बताउनुभयो । पिकनिक गएका मानिसहरु छहरा या बबईको पानी पिउन बाध्य रहेका छन् । यता केन्द्रका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले खानेपानी र शौचालयमा पानीको व्यवस्था गर्नका लागि जिल्ला खानेपानी डिभिजन
    कार्यालय, जिल्ला विकास समितिमा माग गर्दा कुनै सुनुवाई नभएको र छहरा केन्द्रसंग थप आथिर्क स्रोत नभएकाले समस्या भएको समेत बताउनुभयो ।

    उता हापुरे उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानप्रसाद आइतबारेले छहराको विकासका लागि पहल गर्ने बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij