प्रकाशित मिति : बुधबार, कार्तिक २४, २०७३
भीमदत्तनगर । कञ्चनपुरको झलारीपिपलाडी– ११ कलुवापुरमा आज बिहान स्कुल बस दुर्घटना हुँदा १७ विद्यार्थी घाइते भएका छन् ।
झलारी बजारमा रहेको चन्द्रसूर्य बोर्डिङ स्कुलको म.१ ख ६०७ नं को स्कुल बस कलुवापुरमा ट्रिपरलाई साइड दिने क्रममा दुर्घटना भएको बताइएको छ । बस दुर्घटनामा परी विद्यालयका प्रिन्सिपल रञ्जीत चन्दसहित १७ जना विद्यार्थी घाइते भएको झलारीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।
घाइतेहरुको झलारीस्थित मेडिकल तथा क्लिनिकहरुमा उपचार भइरहेको र गम्भीर घाइतेलाई अन्यत्र उपचारका लागि लैजाने तयारी गरिएको छ । दुर्घटनालगत्तै बस चालक भने फरार भएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij