शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

गुल्मीमा स्थानीय निकाय पुर्नसंरचनाको विषयमा विवाद, प्रहरी र प्रदर्शनकारीबीच झडप

  • प्रकाशित मिति : बुधबार, कार्तिक २४, २०७३



  • काठमाडौं ।   स्थानीय निकाय पुर्नसंरचनाको विषयमा भएको विवादले उग्र रुप लिँदै जाँदा गुल्मीमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।
    सडक बन्द गराएर आन्दोलनमा उत्रिएका स्थानीय र प्रदर्शनकारीबीच झडप भएको हो । प्रहरीले बाटो खुलाउन खोज्दा प्रदर्शनकारीले अवरोध गर्दा झडप हुन पुगेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    प्रहरीका अनुसार बाटो खुलाउने प्रयास हुँदै गर्दा आन्दोलनकारीले एक्कासी ढुंगामुढा प्रहार गरेपछि झडप सुरु भएको हो ।
    गुल्मीको ४ नम्वर ईलाका र ८ नम्वर ईलाकाको जुभुङ्ग, वलिथमु सहितका गाविसहरु एउटै स्थानिय निकाय भित्र हुनु पर्ने भन्दै स्थानीयले कार्तिक १३ गते देखि संघर्ष समिति नै बनाएर आन्दोलन गर्दै आएका छन् । सोहि क्रममा संघर्ष समितिले सडक बन्द गराएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij