मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

सञ्चारमाध्यममा २५ प्रतिशत महिला पत्रकार क्रियाशिल

  • प्रकाशित मिति : बिहिबार, कार्तिक २५, २०७३



  • काठमाडौं । नेपालका सञ्चारमाध्यममा  श्रमजीवी पत्रकार महिलाको संख्या २५ प्रतिशत रहेको छ । सञ्चारिका समूहले २०७२ सालमा गरेको अध्ययनले यस्तो तथ्याङक देखाएको हो ।

    समूहले नेपालमा पत्रकार महिलाको पेशागत अवस्थाबारे गरेको अध्ययन प्रतिवेदन ललितपुरको कुपण्डोलमा रहेको सञ्चारिका समूहको कार्यालयमा बुधबार आयोजित एक कार्यक्रमका विच सार्वजनिक गरेको हो ।

    प्रतिवेदन अनुसार ९ सय ७ सञ्चारगृहमा ७ हजार ६ सय ५० पत्रकार कार्यरत छन् । तीमध्ये श्रमजीवी पत्रकारमा पुरूष ५ हजार ७ सय ११ जना छन् भने महिला १ हजार ९ सय ३९ जना अर्थात् २५.३ प्रतिशत छन् ।

    अध्ययनमा सहभागीमध्ये ६२.१ प्रतिशत रेडियोमा कार्यरत छन् । पत्रकार महिलामध्ये छापामा २२.६ प्रतिशत,   टेलिभिजनमा १०.७ प्रतिशत र अनलाइनमा ७ प्रतिशत पत्रकार महिला कार्यरत छन् ।

    यस्तै पत्रकारिताका माथिल्ला पदहरुमा पत्रकार महिलाको उपस्थिति चिन्ताजनक देखिएको भने राजनीति र अर्थ जस्ता विटमा महिला पत्रकारको संख्या न्यून देखिएको छ । थोरै पत्रकार महिलाले मात्र राजनीति, अर्थ, अन्तर्राष्ट्रियलगायतका बिटमा काम गर्ने अवसर पाएका छन् ।

    सञ्चारमाध्यममा न्यूनतम र नियमित पारिश्रमिक नपाउने समस्या विकराल बन्दै गएको पनि सर्वेक्षणमा उल्लेख गरिएको छ । सर्वेक्षण गरिएका ४१.४ प्रतिशत पत्रकार महिलाले न्यूनतम पारिश्रमिक नपाएको बताए ।

    प्रतिवेदनमा माथिल्ला पदमा कम छन महिला रहेको , पदोन्नतीमा समस्या रहेको, महिला मैत्री कार्यालय नभएको, कम तलब दिने गरिएकोलगायतका समस्या समेत औंल्याइएको छ ।

    प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख अतिथि सञ्चार मन्त्रालयका सचिव दिनेश थपलियाले पत्रकारितामा महिलाको उपस्थिती उत्साहजनक भएको बताए ।

    कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष डाक्टर महेन्द्र विष्टले यो तथ्याङले सुधारोन्मुख संकेत देखाएको बताए । पत्रकार महिला अहिले राजनिति, आर्थिक र संसद विटमा काम गर्न थालेकोमा विष्टले खुशी व्यक्त गरे ।

    नेपालमा कति पत्रकार महिला छन् भन्ने कुरा थाहा नहुँदा समस्या पर्ने गरेकोले पनि यो अध्ययन गरेको समूहकी अध्यक्ष निर्मला शर्माले बताईन ।

    कार्यक्रममा सञ्चारिका समूहकी पुर्व अध्यक्ष तथा सल्लाहकार बविता बस्नेत, नर्वेजियन दुतावासकी राजनिति तथा सामाजिक विकास सम्वन्धि बरिष्ठ सल्लाहकार कमला विष्ट र अध्ययनका अनुसन्धानकर्ता टंक अर्यालले बोलेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij