प्रकाशित मिति : बिहिबार, कार्तिक २५, २०७३
काठमाडौं। ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र इन्टरनेशनल फाईनान्स कर्पोरेसनका क्षेत्रिय निर्देशक श्री मेङ्गेस्तु एलिमह्यु बीच भेटघाट भएको छ ।
भेटमा उनीवीच ग्लोबल आईएमई बैंक र नेशनल फाईनान्स कर्पोरेसनवीच एक आपसमा व्यवसायीक सहयोग आदानप्रदान गर्ने विषयमा कुराकानी भएको जनाइएको छ ।
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली, इन्टरनेशनल फाईनान्स कर्पोरेसनका कन्ट्रि म्यानेजर, वेन्डि वार्नर, आवासिय प्रतिनिधी, रेहेना रासिद लागयतको उपस्थिती रहेको थियो ।
इन्टरनेशनल फाईनान्स कर्पोरेसनले विभिन्न देशमा रहेका फाईनान्सियल संघसंस्थाहरुसंगको सहकार्यमा विभिन्न संघसंस्था तथा ती देशका नागरिकहरुको लागि लगानी तथा व्यवसायीक सुझाबहरु प्रदान गर्दै आइरहेको संस्था हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij