आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

धनगढीमा बम विष्फोटको जिम्मेवारी विप्लवले नलिने, मारिने आफ्नै कार्यकर्ता भएको स्वीकार

  • प्रकाशित मिति : शुक्रबार, साउन ३, २०७६



  • काठमाडौं। धनगढीमा गएराती विष्फोट भएको बम आफ्नै आएको र विष्फोटमा मारिने आफ्नै कार्यकर्ता भएको नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले स्वीकार गरेको छ । आज एक विज्ञप्ति प्रकाशित गर्दै सेती महाकाली व्युरो इन्चार्ज निर्माणले विष्फोटबाट भएको क्षतिको जिम्मा आफ्नो पार्टीले नलिने बताएका छन् ।

    उनले यो घटनाको पछाडिको कारण वर्तमान रकार भएको भन्दै यो क्षतिको जिम्मेवारी पनि वर्तमान सरकारले नै लिनुपर्ने भनेका छन् । विष्फोट गराउने उद्देश्य नभएको तर बोकेको बम पड्किएको विज्ञप्तिमा जनाइएको छ । पार्टीको कामको सिलसिलामा आत्मरक्षाका लागि बोकेका बम विस्फोट भएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा पार्टी कार्यकर्ता रामबहादुर सिंह (राजेश) को मृत्यु भएको उल्लेख छ ।

    विस्फोटमा घाइते सिंहको उपचारका क्रममा बिहीबार राति धनगढीकै मायामेट्रो अस्पतालमा मृत्यु भएको हो । अर्का कार्यकर्ता लक्ष्मण सेराला अझै अचेत छन्। उनको अवस्था गम्भीर छ । घाइते भएका होटल सञ्चालक केशवराज पाण्डे, जितेन्द्र यादव, मोविन खानको पनि उक्त अस्पतालमै उपचार भइरहेको छ । घटनास्थलमा एउटा चाइनिज पेस्तोलसमेत भेटिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij