शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

राष्ट्रपतिदेखि सेनापतिसम्म भेटेर दिल्ली फर्किए सिंह

  • प्रकाशित मिति : आइतवार, कार्तिक २८, २०७३



  • काठमाडौं ।  नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणमा नेपाल भ्रमणमा आएका भारतिका स्थल सेनाध्यक्ष दलबिर सिंह आफ्नो तीन दिने भ्रमण सकेर दिल्ली फर्किएका छन् । unnamed-1
    आइतबार उनलाई नेपाली सेनाका बलाध्यक्ष रथी पूर्णचन्द्र थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाई गरेका छन् ।

    सिंहले भ्रमणका क्रमा राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री प्रचण्ड, रक्षामन्त्री बालकृष्ण खाँण तथा नेपाली सेनाका प्रधान सेनापतिसँग छुट्टाटुट्टै भेटवार्ता गरेका थिए ।
    उनले नेपाली सेना र भारतीय सेना बीच रुपन्देहीको सालझण्डीमा संचालन भई रहेको संयुक्त अभ्यास ‘सूर्य किरण’ को निरीक्षण भ्रमण गरेका थिए ।
    छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस्तो भ्रमणले दुई देश बिचको सैनिक सम्बन्धलाई अझ सुमधुर बनाउन थप मद्दत पुगेको नेपाली सेनाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij