प्रकाशित मिति : आइतवार, कार्तिक २८, २०७३
दाङ । राप्ती नदीले बगाएर दाङमा एक बालकको मृत्यु भएको छ । जिल्लाको गंगापरस्पुर–५ का १५ वर्षिय रामकुमार चौधरीको बगेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
राप्ती नदीमा नुहाउन गएका चौधरी शनिबार दिउँशो बेपत्ता भएपछि सशस्त्र प्रहरी सीमा सुरक्षा बल लमहीबाट गएको टोलीले आइतबार चौधरीको शव फेला पारेको सई बलबहादुर खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार सशस्त्र प्रहरी सीमा सुरक्षा बल लमहीका सई दोर्णबहादुर बुढाको नेतृत्वमा गएको टोलीले गंगापरस्पुर–५ रनियास्थित राप्ती नदीको किनारमा चौधरीको शव फेला पारेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij