शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

कैलालीमा गहुँ सुपर जोन कार्यक्रम लागू हुने

  • प्रकाशित मिति : सोमवार, कार्तिक २९, २०७३



  • कैलाली । कृषिमन्त्री गौरी शंकर चौधरीले एक प्रदेश एक सुपर जोन अन्र्तगत प्रदेश नम्बर ७ को कैलालीमा गहुँ सुपर जोन कार्यक्रम यहि वर्षबाट लागु भएको बताएका छन् ।OLYMPUS DIGITAL CAMERA
    पब्लिक मिडिया क्लबले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् ।

    उनले कैलालीको बसौटी, मसुरिया, पवेरा, रतनपुर हसुलिया क्षेत्रको एक हजार हेक्टर जमिनमा यो कार्यक्रम लागु गरिएको जानकारी दिए । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्र्तगत १० वर्षे कृषि नीति बनाई १ खर्व ३० करोडमा यो कार्यक्रम प्रत्येक प्रदेशमा लागु गरी ३० जिल्लामा जोन र ७५ जिल्लामा ब्लक कार्यक्रम लागु गरिएकोे बताए ।

    मन्त्री चौधरीले प्रदेश नम्बर ७ को डडेल्धुरामा ‘मकै जोन’, कञ्चनपुरमा ‘धान ब्लक’ र कैलालीमा ‘माछा ब्लक’ पनि लागु भएको जानकारी दिए ।
    आर्थिक वर्ष २०७३÷०७४ बाट लागु भएको सुपरजोन १ हजार हेक्टर, जोन ५ सय हेक्टर र ब्लक ५० हेक्टरको हुने उनले बताए ।

    यस वर्ष देशभरीमा ५ अर्व ७८ करोड यस कार्यक्रमका लागि बजेट विनियोजन भईसकेको बताउँदै मन्त्री चौधरीले भने उत्पादनका लागि माटो परीक्षण, बिउ, मल तथा प्रविधिमा मन्त्रालयले सहयोग गर्ने छ । यसका अतिरिक्त बालीका बेर्ना तथा विरुवा, माछाका भुरा, प्राङ्गारिक मल कारखाना तथा जैविक विषादी उत्पादन केन्द स्थापनको लागि ८५ प्रतिशत अनुदान मन्त्रालयले उपलब्धगराउने उनले वताए ।

    मन्त्री चौधरी सुपर जोन उद्घाटन गर्न तीन दिनदेखि कैलालीमा रहेका थिए भने आज उनी काठमाण्डौं फिर्ता भएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij