शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

न्याय माग्दै विक परिवार

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक ३०, २०७३



  • बागलुङ । जिल्लाको मल्म–९ झिर्काका खिमबहादुर विकको छिमेकीको कुटपिटबाट मुत्यु भएको भन्दै परिवारले न्यायको माग गरेका छन् ।

    परिवारका सदस्यले सोही स्थानका २३ वर्षीय दीपक विकले आपसी विवादमा निर्मम ढङ्गले कुटपिट गर्दा मुत्यु भएको जाहेरी प्रहरीमा दिएका छन् । यही कात्तिक १५ गते पटकपटक गरी भएको कुटपिटका कारण श्रीमान्को मृत्यु भएको श्रीमती सुशीला विकले बताए ।

    कुटपिटपछि विस्तरामा सुत्नुभएका खिमबहादुर कात्तिक १६ गते बिहान भुइँमा मृत्युवरण गरेको अवस्थामा भेटिनुभएको थियो । कात्तिक १५ गते दिउँसो दीपकको घरमा मह काड्ने र बाख्रा किनबेचको सल्लाह गर्न पुगेका खिमबहादुर र दीपकबीच झगडा उत्पन्न भएको थियो । खिमबहादुरलाई दीपकले कोदालाको बिडले हानेको सँगै गएकी १३ वर्षीया छोरी आरती विकले बताइन् ।

    “बाख्रा किनबेचको सल्लाह गर्न बुबा र मसँगै गएका थियौँ, त्यहीँ झगडा भयो”, आरतीले भनिन् “कोदालाको बिँडले पिठ्युँ र कोखमा हानेका हुन् ।”

    खिमबहादुरको परिवारका अनुसार दीपकले पछि पनि घरमै आएर कुटपिट गरेका थिए । “घरमा आएर लात्तीलात्तीले कुट्यो, हामीले कति बिन्ती ग¥यौँ, उसले सुनेन” श्रीमती सुशीलाले भने, “पछि उसको घरबाट आमा र बैनी आएर छुट्टाएर लगे, उहाँ घरमै अचेत अवस्थामा झैँ गरी सुतिराखेका थिए, भोलिपल्ट बिहान उनी विस्तराबाट भुइँमा लडेको अवस्थामा भेटिइन् ।”

    बिहान ७ बजे भेटिँदा खिमबहादुरको प्राण गइसकेको थियो । त्यसपछि हारगुहार गरेपछिमात्र आफन्त र प्रहरी घटनास्थल पुगेका थिए । पातलो बस्ती भएको गाउँ भएकाले घटनाबारे धेरैले पत्तो पाउन सकेका थिएनन् । आरोपित दीपक विकलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान थालेको छ । अदालतबाट म्याद थपी आरोपित व्यक्तिमाथि छानबिन चलिरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

    मृतक खिमबहादुरको शव परीक्षणपछि परिवारले अन्त्येष्टि गरिसकेको छ । परिवारले घटनाका दोषीमाथि कानुनी कारबाहीको माग गरेको छ । मृतक खिमबहादुरका साँइलोबाबा रामबहादुर बिकले कुटपिटबाटै छोराको मृत्यु भएकाले आफूहरुले न्याय पाउनुपर्ने बताए । “निर्मम खालको कुटपिटबाट मृत्यु भएको छ, प्रहरीले मुद्दा अगाडि बढाएको छ”, विकले भने, “सत्यतथ्य छानबिन गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ, हाम्रो यत्ति माग छ ।”

    खिमबहादुरको मृत्युपछि परिवार बिचल्लीमा परेको छ । श्रीमती, चार छोरी र एक छोरासहितको परिवार धान्दै आएका खिमबहादुर पेसाले ट्र्याक्टर चालक रहेका थिए । “छोराछोरी त जसोतसो हुर्काउँला, बढाउँला, तर हामीलाई न्याय चाहियो, दोषीलाई कारबाही हुनुपर्छ”, श्रीमती सुशीलाले भने ।

    सुशीलासँग १६ वर्षीय छोरी पूजा विक, १२ वर्षीया आरती, १० वर्षीया ज्योति, ७ वर्षीया आकृति र ४ वर्षका छोरा आशिष विक छन् । दुःखजिलो गरेर जीविका गर्दै आएका विकको परिवारमा ठूलो बज्रपात परेको छ । एकातिर न्याय पाइने हो कि होइन र अर्कोतिर परिवार कसरी चलाउने भन्ने चिन्तामा विक परिवार रुमल्लिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij