आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सभापति देउवाको आडमा विधान विपरीत नुवाकोट क्षेत्रीय समिति घोषणा

  • प्रकाशित मिति : मङ्लबार, साउन २१, २०७६



  • ;efklt b]pjf ;Daf]wg g]kfn k|]; o'lgog lrtjg zfvfsf] cf7f}+ lhNnf clwj]zg pb3f6g ;df/f]xnfO{ z'qmaf/ ;Daf]wg ub}{ g]kfnL sf+u|];sf ;efklt z]/axfb'/ b]pjf . t:jL/ M lrtjg, /f;;

    काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको आडमा नेपाली काँग्रेस नुवाकोट क्षेत्रीय समिति घोषणा भएको छ ।

    पार्टीको विधान विपरीत सभापति देउवानिकट नेता प्रकाशशरण महतको निर्देशनमा क्षेत्रीय कार्यसमितिको बैठक बसाई आफैँले आफैलाई स्वत स्फूर्त फरक भूभाग हुँदाहुँदै क्षेत्रीय समिति घोषणा गरेका हुन् ।

    विधान विपरित घोषित कार्यसमितिको बैठक नुवाकोटमा नबसेर काठमाडौँमा बसेपछि नुवाकोट काँग्रेसका नेता तथा कार्यकर्ता निराश बनेका छन् ।

    विधान बनाउने ठाँउमै रहेका केन्द्रीय सदस्य बहादुरसिंह लामा समेत बैठकमा उपस्थिती भएपछि स्वयम् सभापति देउवाको निर्देशनमा उक्त बैठक बसेको प्रष्ट देखिन्छ ।

    के छ काँग्रेसको विधानमा विधानविपरीत क्षेत्रीय कार्यसमितिको बैठक बसेको जानकारी पाएसँगै नुवाकोट काँग्रेस सभापति जगदीश्वर नरसिंह केसीसँग कुरा गर्न खोज्दा उहाँले विधान विपरीत भएका कार्यले कुनै अर्थ नराख्ने बताउनुभयो ।

    पार्टीको विधान २०१७ संशोधित २०५१, ०५४, ०५७,०६२, ०६४, ०६६, ०६९, ०७२ र ०७५ को को परिच्छेद १२ को विविध शिर्षकको धारा ७२ को संक्रमणकालिन ब्यबस्थाको धारा २ मा पार्टीको केन्द्रिय कार्यसमिति , सिमाङ्कन हेरफेर नभएको जिल्ला कार्यसमिति र सिमाङ्कन परिवर्तन नभएको स्थानीय तहका कार्यसमिति यथावत रहने व्यवस्था भएकाले उक्त बैठक विद्यान विपरीत भएको प्रष्ट देखिने सभापति केसीको भनाई छ ।

    उहाँले सोही परिच्छेद को धारा ४ (क) मा नेपालको संविधान बमोजिम स्थानीय तह तथा संसदीय निर्बाचन क्षेत्र निर्धारण भए पश्चात सिमाङ्कन हेरफेर नभई यथाबत कायम रहेका गाउँपालिका र नगरपालिका र उप–महानगरपालिका र

    महानगरपालिका र प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा कायम रहेको कार्यसमिति यथाबत रहने उल्लेख रहेको बताउनुभयो । उक्त उक्त धारा ४ को( ख ) मा नेपाल को संविधान बमोजिम स्थानीय तह तथा संसदीय निर्बाचन क्षेत्र निर्धारण भए पश्चात सिमाङ्कन हेरफेर भई नयाँ कायम भएका गाउपालिका र नगरपालिका र उपमहानगर र महानगरपालिकाका र प्रतिनिधि सभा निर्बाचन क्षेत्र भित्रका यो बिधान संसोधन पुर्ब कायम रहेका प्रतिनिधिको अधिबेशनले यसै बिधान बमोजिमको सम्बन्धि कार्यसमिति गठन गर्ने व्यवस्था समेत रहेको छ ।

    पार्टीको विधानमा सम्पर्क समिति बनाउने जिम्मा जिल्ला कार्यसमितिलाई मात्र भएतापनि प्रदेश र क्षेत्रीय कार्यसमितिले सम्पर्क समिति गठन गर्ने निर्णय गर्नु विधान विपरीत र हास्यास्पद भएको सभापति केसीको भनाई छ । राष्ट्रिय खबर डटकमबाट साभार

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij