शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

माघभित्र सबै विद्यालयमा व्यवस्थापन समिति

  • प्रकाशित मिति : बुधबार, मंसिर १, २०७३



  • काठमाडौँ  । शिक्षा मन्त्रालयले शिक्षा ऐन (आठौँ संशोधन) बमोजिम आगाामी माघ मसान्तभित्र देशभरका सामुदायिक विद्यालयमा नयाँ व्यवस्थापन समिति अनिवार्य गठन गर्न निर्देशन दिएको छ ।

    ऐनको दफा १२ बमोजिम विद्यमान व्यवस्थापन समितिको छनोट प्रक्रिया परिवर्तनसँगै अवधि सकिएको थियो । विगतमा समितिको अध्यक्ष प्रत्यक्ष निर्वाचित हुने गरेकामा नयाँ व्यवस्थामा समितिका सदस्यमध्येबाट अध्यक्ष चयन हुनुपर्नेछ ।

    कार्यकाल नपुगी पनि ऐनले आफूहरुलाई विघटन गराएको भन्दै केही व्यवस्थापन समितिबाट सर्वोच्च अदालतमा परेको रिटमा यही कात्तिक ९ को आदेशबाट नयाँ व्यवस्थामा जान बाधा नमानिएकाले शिक्षा विभागले समिति पुनःगठन गर्न निर्देशन गरेको महानिर्देशक बाबुराम पौडेलले जानकारी दिए ।

    माघभित्र समिति पुनःगठन नभए विद्यालयलाई तोकिएको अनुदान रोक्का हुने समेत विभागले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij