प्रकाशित मिति : बुधबार, मंसिर १, २०७३
ललितपुर । जिल्लाको दक्षिणी भेगमा रहेको प्युटार गाविस खुलादिसामुक्त क्षेत्र घोषणा भएको छ । मंगलबार प्युटारमा भएको एक समारोहकाविच संचारमन्त्री सुरेन्द्रकुमार कार्कीले सो क्षेत्र खुलादिसामुक्त रहेको घोषणा गरेका हुन् । । कार्यक्रममा बोल्दै मन्त्री कार्कीले गाउलाई विकास गर्ने पहिलो चरण खुल्लादिशामुक्त क्षेत्र घोषणा गर्नु पनि मुख्य विषय रहेको जानकारी दिए ।
उनले विकटका जनतालाई स्वास्थ्य जनचेतनाका लागि पनि यस्ता खालकाकार्यक्रमले सहयोग गर्ने र अघि बढ्न प्रेरित गर्ने जानकारी दिए । त्यस्तै गरी स्थानीयलाई सौचालयमादिशापिसाबगर्ने बानीपार्नकालागि र सबैको घरघरमा सौचालय निर्माण भएकोले गाविसलाई खुलादिशामुक्त घोषणा गरिएको गाउँ स्तरीय खानेपानीतथा सरसफाई तथा स्वच्छता समन्वय समितितथाप्युटार गाविस सचिवविनोद राईले जानकारी दिए ।
घोषणा समारोहमा पूर्ण खोप सुनिश्चितता समेत घोषणा गरेको छ । यस क्षेत्रलाई खुलादिसामुक्त क्षेत्र घोषणा गर्न वातावरण र विकास संस्था इन्डो र युनिसेफले जिल्ला र गाउँ स्तरिय खानेपानीतथा सरसफाई तथा स्वच्छता समन्वय समितिसँगमिलेर काम गरेको थियो ।
२६ सय जनसंख्या र ५ सय घर धुरी रहेको प्युटारलाई जिल्लाकै २० औंखुल्लादिसामुक्त क्षेत्र गाविस घोषणा भएको हो । घोषणा समहारोहमा ललितपुरका स्थानीय विकास अधिकारी हरि प्रसाद दाहाल, सहायक प्रमुख जिल्ला अधिकार, सभासद योगेन्द्र घिसिङ, माओबादी केन्द्रका पोलिटव्युरो सदस्य हरि दाहाल राजनीति दलका प्रतिनिधि, नागरिक समाज स्थानीयलगायतको उपस्थिति रहेको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij