आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विद्युत प्राधिकरणको नाफा ७ अर्ब २० करोड, सरकारलाई दियो साढे १५ अर्ब

  • प्रकाशित मिति : मङ्लबार, साउन २८, २०७६



  • नेपाल विद्युत प्राधिकरणले गएको आर्थिक वर्ष ७ अर्ब २० करोड खुद नाफा कमाएको छ। नेपालमा विजुली उत्पादन तथा वितरणमा एकल अधिकार भएको प्राधिकरणले अघिल्लो वर्षको तुलनामा १४९ प्रतिशतले नाफा बढाएको हो।

    आर्थिक वर्ष २०७४/०७५ मा २ अर्ब ९० करोड नाफा कमाएको प्राधिकरणले ०७५/०७६ मा ७ अर्ब २० करोड कमाएको हो। प्राधिकरणको नाफा एक वर्षमै ४ अर्ब ३० करोडले बढेको हो।

    गएको वर्ष प्राधिकरणले चुहावट घटाएको दाबी गरेको छ। उसका अनुसार गएको वर्ष कूल विजुली आपूर्तिमा १५ प्रतिशत मात्रै चुहावट रहेको छ। जुन अघिल्लो वर्ष २० प्रतिशत थियो।

    गएको तीन वर्षमा चुहावट १० प्रतिशतले न्यून भएको प्राधिकरणले जानकारी दिएको छ।

    गएको वर्ष प्राधिकरणले सरकारको ढुकुटीमा भने १५ अर्ब ५९ करोड रुपैयाँ जम्मा गरेको छ। उसले साँवा, ब्याज र रोयल्टी गरी कूल १५ अर्ब ५९ करोड बुझाएको हो।

    गएको वर्ष नेपालका ४५ लाख जनसख्यामा बिजुलीको पहुँच पुगेको छ। पहुँच १० प्रतिशतले बढेको प्राधिकरणले जानकारी दिएको छ।

    गएको वर्षसम्म नेपालमा उत्पादन विद्युत ७ अर्ब ५५ करोड युनिट (किलोवाट आवर) रहेको छ। यसमा प्राधिकरणले ३४, निजी उत्पादकको २९ र भारतबाट आयात गर्ने बिजुलीको हिस्सा ३७ प्रतिशत रहेको छ।

    प्राधिकरणले गएको वर्ष कूल ३७ अर्ब १६ करोडको बिजुली किनेको छ। यसमा भारतबाट मात्र २३ अर्ब ३ करोडको किनेको हो। बाँकी स्वदेशकै निजी उत्पादकबाट किनेको हो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij