शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

सोलिडारिटी कप विजेता टोलीलाई विमानस्थलमा स्वागत

  • प्रकाशित मिति : बिहिबार, मंसिर २, २०७३



  • काठमाडौँ । मलेसियामा मङ्गलबार सम्पन्न एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि विजेता टोली बुधबार राति स्वदेश फर्किएको छ ।

    नेपाली टोलीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट तथा अखिल नेपाल फुटबल सङ्घ एन्फा पदाधिकारीले स्वागत गरे ।

    स्वदेश फर्किएलगत्तै नेपाली टोलीलाई एन्फाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ¥याली सहित गौशाला–बत्तिसपुतली– मैतीदेवी–पुतलीसडक–घन्टाघर–सहिद ढोका –नयाँ सडक– दरबारमार्ग–त्रिपुरेश्वर–थापाथली–कुपन्डोल–पुल्चोक–मङ्गलबजार–ग्वार्को हुँदै एन्फा कम्प्लेक्स लगेको हो ।

    विजेता टोलीलाई सरकारले जनही रु तीन तीन लाख दिने निर्णय मङ्गलबार नै गरेको छ । प्रतियोगिता अन्तर्गत नेपालले सेमिफाइनलमा लाओसलाई पेनाल्टी सुटआउटमा ३–० गोलअन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । फाइनलमा भने मकाउलाई १–० को गोलअन्तरले हराउँदै उपाधि जितेको हो ।

    यससँगै नेपालले एक वर्षमा लगातार तीन उपाधि जितेको छ । गत वर्ष माघमा बङ्गलादेशमा भएको बङ्गबन्धु गोल्डकप जितेको नेपाल त्यसको एक महिनापछि भारतमा सम्पन्न दक्षिण एसियाली खेलकुद सागमा पनि विजेता बन्यो । ती दुवै प्रतियोगिता विश्व फुटबल महासङ्घ फिफाले मान्यता दिएको सिनियर स्तरको फुटबल थिएन । बङ्गबन्धु कपको फाइनलमा नेपालले बहराइनको २३ वर्षमुनि यु–२३ को टोलीलाई हराएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij