प्रकाशित मिति : बिहिबार, मंसिर २, २०७३
भैरहवा । चीनबाट नेपाल भ्रमणको लागी निस्केको लगानीकर्ताहरुको टोली भैरहवा आई पुगेको छ । सिद्धार्थ उद्योग बाणिज्य संघ, भैरहवाले एक कार्यक्रमको आयोजना गरि टोलीलाई स्वागत गरेको छ । 
स्वागत कार्यक्रममा बोल्दै चिनिया टोलीको नेतृत्व गरिरहेकी ओबोर टिमको संस्थापक सुयाले नेपालमा भौतिक पूर्वाधार र सुरक्षा भए बिद्युत तथा पर्यटन उद्योगमा लगानी गर्न सक्ने सम्भावना रहेका बताईन । भैरहवा गौतम बुद्धको जन्मस्थल र भौतिक पूर्वाधार लगायतमा बलियो रहेको हुदा यहा पर्यटन उद्योगको सम्भावना रहेको उनको भनाई थियो ।
चीनमा पहिलो बिशेष आर्थिक क्षेत्र सेनजेनमा भएको र यसैको कारण उक्त शहर अहिले चीनको मूख्य र बिकसीत शहरमा परेको बताउदै अबको दिनमा भैरहवा पनि सेजबाट फाईदा उठाउन सक्षम हुनु पर्ने बताईन ।
चिनिया टोलीलाई स्वागत गर्दै सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष राम कुमार शर्माले नेपाल लगानीको दृष्टिले सुरक्षित भएको बताउदै यहा, पर्यटन, बिद्युत लगायतका क्षेत्रमा लगानी गर्न सकिने बताए ।
नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष कुश कुमार जोशी सहित आएको २६ जनाको चिनिया टोली लुम्बनी, मधवलियामा रहेको अष्ट्रिज फर्म लगायतको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij