आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रदेश–३ प्रदेशसभाको बैठक भदौ ८ गते

  • प्रकाशित मिति : मङ्लबार, भदौ ३, २०७६



  • हेटौंडा, भदौ ३ । प्रदेश नम्बर–३ प्रदेशसभाको बैठक यही भदौ ८ गते दिनको २ बजे बस्ने भएको छ ।

    उक्त दिन बस्ने बैठकमा सार्वजनिक निजी सहकारी, साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र प्रदेश यातायातसम्बन्धी व्यवस्था ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७६ छलफलका लागि प्रस्तुत गरिने प्रदेशसभा सचिवालयका प्रमुखसचिव रामशरण घिमिरेले राससलाई बताए ।

    सोही दिन बस्ने बैठकमा प्रदेश मामिला समिति तथा अन्य समितिबाट पारित भइआएका चार प्रतिवेदन पनि छुट्टाछुट्टै प्रस्तुत गरिने उनले जानकारी दिए ।

    प्रदेश सरकारले ०७६/७७ का लागि गत असार १२ गते प्रस्तुत गरेकोे बजेट पारित गरिएपछि बैठक स्थगित गरिएको थियो । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij