शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

२२ छोराछोरीको आमा भएपछि विवाह गरिन् दुर्गादेवीले

  • प्रकाशित मिति : शुक्रबार, मंसिर ३, २०७३



  • काठमाडौं । बाहिरबाट हँसिलो र सुखी देखिने जीवनका यर्थाथ कथा पनि दुखद् र रहस्यात्मक तथा सुन्दै अचम्म लाग्दा हुन्छन् । यसको एक उदाहरण हुन् ,दुर्गादेवी मैनाली । सरसर्ती बाहिरबाट हेर्दा जीवन जति सरल छ, बुझ्दै जाँदा त्यति नै कठिन पनि । जीवनलाई बाहिरबाट सरसर्ती हेर्नु र गहिराईमा भित्री तहले बुझ्नु दुई फरक कुरा हन् ।

    _dsc2686
    २०२६ सालमा झापा महारानीझोडा–३ मा जन्मिएकी दुर्गादेवीको १० बर्ष यो संसार कस्तो होला भन्ने कल्पनामै बित्यो, जब १० बर्षको उमेरमा आँखा देख्न थालिन् तब मात्र उनले पढ्न थालिन्, जीवन यात्राका क्रममा परिवारसाथ बसाईं सरेर तेह्रथुम पुगेकी उनले त्यहीबाट एसएलसी सकिन् र २०४८ सालमा उच्च शिक्षा पढ्न काठमाडौं आएर पद्य्मकन्या क्याम्पसमा भर्ना भईन् । त्यसपछि दैनिकीमा उनले भोगेका कष्टहरु निकै दर्दानाक छन् ।

    कतिपयले भन्छन्, दुख देख्दा दैव पनि परपर भाग्छन् तर दुर्गादेवी बालबालिकाको दुख र पीडामा नजिकिन्छिन् । गल्लीमा फालिएका र बेसहारा बनेर अभावमा तड्पिएका बालबालिकालाई ल्याई हुर्काउँछिन, बढाउँछिन् र पढाउँछिन् ।

    दुर्गादेवी यतिबेला व्यक्तिमा सीमित छैनन्, उनी एक संस्था बनेकी छिन्, वुद्घिष्ट बालगृह जोरपाटी उनको मेहनतको प्रतिफल हो । जीवनको दौरानमा दुखी र बेसहारा ६० भन्दा बढी छोराछोरीकी आमा बनेकी दुर्गादेवी समाजकै एक प्रेरणादायी पात्र हुन् । राज्यले गर्नुपर्ने काम उनले गरेकी छिन् ।

    दुर्गादेवीको जीवन पनि जन्मदै दृष्टिविहीन भएर सुरु भयो, बल्ल १० बर्षपछि मात्र उनले मावली हजुरआमाको अथक प्रयास र चिकित्सकको सफल उपचारपछि यो संसारलाई पहिलो पटक देख्न पाईन् ।

    कलेज पढ्ने क्रममा उनले आत्मनिर्भर हुने ईच्छा र बाध्यताका कारण स्वीटर र मैनबत्ती बुन्ने सीप सिकिन्, त्यही क्रममा योग्यताको प्रमाणपत्र राखेर १० हजार रुपैयाँ क्रण लिईन् र थालिन् त्यही पैसाले सानोतिनो व्यवसाय ।

    व्यवसाय गर्ने क्रममा एक दिन असनको एउटा पसलमा १५ किलो मैनबत्ती अर्डर गरेर निकस्ने क्रममा नजिकै ठूलो भिड देखिन् । त्यो भिडतर्फ उनी पनि के भएछ भनेर गईन् । त्यहाँ कसैले १५,१६ महिनाको एक बालिका फ्यालेर रोईरहेका कारण हेर्नेको भिड लागेको रहेछ ।

    बच्चा फ्यालेको देखेर यस्तो सानो बच्चा फ्याल्न सक्ने कस्ति निर्दयी आमा रहिछ भन्दै धेरैले बच्चा फ्याल्ने आमालाई गाली त गरे तर कसैले पनि त्यो बच्चाको रुवाईमा मलम लाउने काम गरेनन् । त्यही बच्चाको रुवाई र मान्छेको भीड माझ दुर्गादेवीलाई एक्कासी त्यो बच्चाको रुवाईले छोयो र उनले त्यसलाई फोहोरबाट टिपिन् ।

    नभन्दै उनले त्यही बालिकालाई हुर्काएर सुरु गरेको अभियानले आज मूर्त रुप पाएको छ । उनले हालसम्म ६० जना बालबालिकालाई साझा घर दिलाएकी छिन् जहाँ निर्धक्कसँग उनीहरु दुर्गादेवीकै अभिभाकत्वमा हुर्किएका, बढेका र पढ्न पाएका छन् । असहाय बालबालिका खोज्दै र बटुल्दै जाँदा १४ जना पुगेपछि उनले २०५४ सालमा संस्था दर्ता गरी संस्थागत रुपमै यो काम सुरु गरिन् ।buddist-balgriha-photo-2

    आत्मनिर्भरमुखी अभियान अन्तर्गत दुर्गादेवीले २३ बर्षअघि सुरु गरेको अचार बनाउने, मखमली जुत्ता र झोला बनाउने कामलाई निरन्तरता दिँदै विस्तार गरेकी छिन् । अहिले त उनको परिवार नै जुनुुसुकै काम अाँटे पनि गर्न समेत सक्षम भैसकेको छ ।

    २०५७ सालमा २२ जना बालबालिकाको आमा भएपछि उनले उनका स्कुले जीवनका एक क्लासमेट रुद्र कङ्दम्बासंग विवाहा गरिन् ।

    त्यसो त उनीहरुको विवाहको प्रमाण पत्र र मायाको दुत बनेर छोरी सलपा उदाएकी छिन् । तर पनि उनलाई अहिले पनि सबैभन्दा धेरै माया असनमा फालिएको अवस्थामा भेटिएकी छोरीकै लाग्छ । सुन्दर मुहारकी उनी अहिले आफ्नै घर संसारमा रमेर बसेकी छिन् ।

    उनकै नेतृत्वमा ०६४ सालमा ज्योती बहुउद्देश्यीक सहकारी संस्था समेत दर्ता भएर संचालन भैरहेको छ । हाल सहकारीमा काम गर्ने अधिकांश उनकै छोराछोरी छन् । उनका छोराछारी स्नातक पढ्नेदेखि विदेश जानेसम्म भएका छन् । उनी धेरै ज्वाईं र बुहारीका सासु आमा समेत भएकी छिन् ।

    यहि अभियानलाई आर्थिक रुपले मजबुद बनाउन उनले साथीभाईसँग सहयोग मागिन्, ०५७ सालदेखि मासिक एक सय एक रुपैयाँ संकलन अभियान चलाईन् । हालसम्म पनि मासिक ५०० जनाले १०१ रुपैयाँ दिईरहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij