शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

ऐतिहासिक पर्यटकीयस्थल चौदण्डीगढीको जग्गा स्थानीयवासीबाट नै अतिक्रमण

  • प्रकाशित मिति : शुक्रबार, मंसिर ३, २०७३



  •  उदयपुर । उदयपुर जिल्लाको पूर्वी पहाडी क्षेत्रको चौदण्डी गाविसमा रहेको ऐतिहासिक पर्यटकीयस्थल चौदण्डीगढीवरपरको जग्गा लामो समयदेखि स्थानीयवासीले नै अतिक्रमण र कब्जा गर्दै आएका छन् ।

    पच्चीस वर्षदेखि यता आएर मात्र गढीक्षेत्रको वरपर र आसपासको करिब बीस रोपनीभन्दा बढी जग्गा स्थानीयवासीले अतिक्रमण गरेर जोतपोत गर्दै आएको चौदण्डी गाबिस सचिव जयन्द्र पाण्डेले बताए ।

    चौदण्डीगढी क्षेत्रमा सडक पुगेको र महत्वपूर्ण ऐतिहासिक पर्यटकियस्थल बनिरहेको बेला सो क्षेत्रमा जग्गाको मूल्यसमेत बढ्दै गएको छ । तर यता गढीक्षेत्रका आसपासका जग्गा भने स्थानीयवासीले अतिक्रमण गरेर जोतपोत गर्ने र घर निर्माणसमेत गरेर बस्न थालेको सचिव पाण्डे बताउँछन् । गढीक्षेत्रको जग्गा अतिक्रमण भएपछि पटक–पटक आफूहरुले स्थानीयवासीलाई गढी परिसर र आसपासका अतिक्रमित जग्गा छाड्न अनुरोध गरे तापनि स्थानीयवासीले अटेरी गरेर घर नै निर्माणसमेत गरेको सचिव पाण्डे बताउँछन् ।

    गढीक्षेत्रका जग्गामा अहिले करिब १५ घर जति स्थानीयवासीले अतिक्रमण गरेर भोग गर्दै आएको र उक्त जग्गा छाड्न नमानेको चौदण्डीगढी पर्यटन विकास समितिका अध्यक्ष रोहित तामाङसमेत बताउँछन् । विगतमा गढीक्षेत्रका आसपास झण्डै सय रोपनीभन्दा बढी जग्गा रहेको भए तापनि तत्कालीन समयमा नै यसको सम्बन्धित निकायबाट संरक्षण हुन नसक्दा धेरै जग्गा स्थानीयवासीले अतिक्रमण तथा कब्जा गरेर लामो समयदेखि बसोबास गर्दै आएको स्थानीय नन्दलाल कटुवालले बताए ।

    चौदण्डीगढीको पर्यटन विकासको पूर्वाधार तीव्ररुपमा अगाडि बढ्दै गएपछि जग्गाको अभावमा उक्त क्षेत्रमा धेरै भौतिक निर्माणका कार्य गर्नसमेत समस्या हुन थालेको गढी पर्यटन विकास समितिका अध्यक्ष तामाङको भनाइ छ । गढीको अतिक्रमण भएको जग्गा समयमा नै कानुनी वा अन्य प्रक्रियाबाट व्यवस्थापन नगरे भविष्यमा झनै जग्गा व्यवस्थापनमा समस्या आउने सरोकारवालासमेत बताउँछन् ।

    स्मरण रहोस्, उदयपुरको चौदण्डी गढीमा सन् १६६३ देखि १७७३ सम्म चारपुस्ता सेनवंशी राजाहरुले पूर्वको राजधानी बनाई शासन गर्दै आएका थिए । यसरी शासन गर्ने सेन राजामा जगत सेन, विक्रम सेन, मुकुन्द सेन र बुद्धिकर्ण सेन रहेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij