शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

सहकारीमा विकृति बढेपछि नयाँ कानुन चाहियो : सहकारी मन्त्री

  • प्रकाशित मिति : शुक्रबार, मंसिर ३, २०७३



  • काठमाडौं  । व्यवस्थापिका सांसदको अर्थ समितिले सहकारी ऐन सम्बन्धी विधेयकमाथी दफावार छलफल शुरु गरेको छ ।
    शुक्रबार समितिको सचिवालयल सिंहदरवारमा बसेको बैठकमा सांसदहरुले नयाँ संविधानले परिकल्पना गरेको अर्थनीति अनुरुप सहकारी ऐन संसोधन आवश्यक रहेको बताएका हुन् ।

    छलफलमा भाग लिँदै सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले सहकारी क्षेत्रमा मौलाएको विकृति अन्त्य गर्नेगरी ऐन ल्याउनुपर्नेमा जोड दिए । उनले २०४६ सालको राजनीतिक परिवर्तनपछि सहकारीको अवधारणा आएपनि पछिल्लो समय सहकारीमा विकृतिहरु बढेकाले त्यसलाई नियन्त्रण गर्नु पर्ने बताए ।

    उनले संविधानको परिकल्पना अनुसार तीन खम्बे अर्थ नीतिको प्रमुख हिस्सा रहेको सहकारीले महिलाको नेतृत्व विकासमा टेवा पुर्याएपनि समय अनुसार कानुनमा संसोधन नभएकाले व्यवहारिक कठिनाइ भएकोसमेत टिप्पणी गरे । मन्त्री थानीले सहकारीले सरकार पुग्न नसकेको ठाउँमा पनि आफ्नो सेवा दिएर नागरिकलाई बैकिङ सुविधा दिन सकेको बताए

    छलफलमा भाग लिँदै समिति सदस्यहरुले ऐनलाई सहकारीमा तत्काल देखिएका विकृति अन्त्य गर्ने भन्दा पनि दीर्घकालीन हित हुने विषयमा केन्द्रीत नभएकाले संसोधन प्रस्ताव राखेको बताए । उनीहरुले संविधानको परिकल्पना अनुरुप नै सहकारीलाई निजी क्षेत्र र पुँजीगत बजारसँग समन्वय गर्नसक्ने सहकारी ऐनको व्यवस्था गर्नुपर्नेमा जोड दिए । उनीहरुले सहकारीमा हुने आर्थिक गतिविधिका कारण मौलाएको विकृति अन्त्य गर्न विद्यमान कानुुन पर्याप्त नभएकाले संसोधन आवश्यक रहेको टिप्पणी गरे ।

    यस्तै सहकारीलाई उत्पादन क्षेत्रसँग जोड्न सके मात्र न्यून आय भएका मानिसले अधिकतम लाभ लिन सक्ने सांसदहरुको भनाई छ । त्यसैगरी सहकारी बोर्डलाई प्रभावकारी बनाउन अधिकारसम्पन्न बनाएर ऐन ल्याउनुपर्ने उनीहरुको तर्क छ ।

    विधेयकको छ सय ९३ बुँदामा ६४ जना सांसदहरुले संसोधन दर्ता गराउनु भएको छ । नेपालमा सञ्चालित ३३ हजार सहकारी र १४ हजार बचत तथा ऋण सहकारी संस्थाले ६१ हजार जनालाई प्रत्यक्ष र दश लाख भन्दा बढी सर्वसाधारणलाई अप्रत्यक्ष रुपमा रोजगारी दिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij