शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट धनुषामा तीन पुरस्कृत

  • प्रकाशित मिति : शुक्रबार, मंसिर ३, २०७३



  • धनुषा । जिल्ला कृषि विकास कार्यालय धनुषाले राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट धनुषाका तीनजना किसानलाई पुरस्कृत गरेको छ ।

    कार्यालयले ३६औँ विश्व खाद्य दिवसका अवसरमा बिहीबार एक विशेष कार्यक्रमको आयोजना गरेर कृषितर्फ विभिन्न विधामा उत्कृष्ट भएकामध्ये खाद्यान्न बालीतर्फ बनिनियाँ गाविसका कारी यादव, तरकारी बालीतर्फ बेंगाडाबर गाविसका राजकुमार महतो र फलफूलतर्फ लक्ष्मीनिवास गाविसका सोनाकुमारी महतोलाई पुरस्कृत गरिएको छ । उक्त पुरस्कारको राशि दश–दश हजार रुपैयाँ रहेको छ ।

    कार्यक्रमका प्रमुख अतिथि धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने र स्थानीय विकास अधिकारी सन्तबहादुर सुनारले उत्कृष्ट किसानलाई पुरस्कार प्रदान गरेका थिए ।

    त्यसैगरी, जिल्ला कृषि विकास कार्यालय, धनुषाले असोजमा आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी निबन्ध प्रतियोगिताका विजयीलाई समेत पुरस्कृत गरिएको छ ।

    प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेका वहुअर्वा माविका धनन्जयकुमार मण्डल, द्वितीय स्थान प्राप्त गरेका ओम आरसिएसका आदित्यराज यादव, तृतीय स्थान प्राप्त गरेका बहुअर्वा माविकै प्रिया झा र सान्त्वना स्थान प्राप्त गरेका ओमआरसिएसका आचल साहलाई क्रमशः रु दुई हजार, एक हजार पाँच सय, एक हजार र आठ सय नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथिको आसनबाट सहायक प्रजिअ लामिछानेले जलवायु परिवर्तनले समग्र कृषिक्षेत्रमा पारिरहेको असरतर्फ किसानलाई सचेत हुन आग्रह गरेका थिए । कार्यक्रम सिँचाइ महासङ्घका जिल्ला अध्यक्ष कारी यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij