शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

संशोधनमा ठोरीलाई प्रदेश नं ३ मा नफर्काए आन्दोलन

  • प्रकाशित मिति : शुक्रबार, मंसिर ३, २०७३



  • चितवन  । ठोरीका जनताले आफ्नो क्षेत्रलाई प्रदेश नम्बर ३ मा फर्काउन माग गरेका छन् । संविधान संशोधन मार्फत पर्साको पश्चिम तर्फको अन्तिम गाबिस ठोरी र नीर्मलबस्ती गाबिसलाई चितवन सहितको प्रदेश नं ३ मा समायोजन नगराए कडा आन्दोलनलाई गर्ने उनीहरुले चेतावनी दिएका हुन् ।

    चितवनमा पत्रकार सम्मेलन गर्दै साबिक ठोरी–चितवन पुनः समायोजन समितीका संयोजक प्रकाश खनालले व्यक्तिगत स्वार्थका लागि जिल्लाका नेतृत्वले समग्र ठोरीको भावनामा कुल्चिएर अन्यौल बनाईराखेको आरोप लगाए ।

    दुई गाबिसमा रहेका २२ हजार जनसंख्या शत प्रतिशत पहाडिया समुदाय बस्ती रहेको र सम्पुर्ण जनताको चाहाना भनेको चितवन सहितको प्रदेश नं ३ मा समायोजन हुने रहेको समितिले जनाएको छ ।

    ‘राज्यको मापदण्ड अनुसार स्थानीय सरकार निर्माण गर्ने हो । हामी २०३४ साल अघि पनि चितवनमानै थियौं । हाम्रो भाषा , सस्कृती ,रीतीरीवाज , रहनसहन , सडक सुगमता , प्रशाशनीक सहजता भनेको चितवन हो । हामीलाई जवरजस्ती पर्सामा राख्न खोजिदैछ यो हामीलाई मान्य छैन,’ समिती सदस्य सुदिप थापाले भने ।

    ‘अब हामी चुप लागेर बस्दानौं । हामी हाम्रो माग अर्थात साबिक ठोरीलाई प्रदेश नं ३ मा नफर्काए जस्तो सुकै आन्दोलन गर्न पछि पर्दैनौं,’ थापाले भने ।
    साबिक ठोरीलाई संविधान जारी पूर्व बनेको उच्च स्तरीय समितीले प्रदेश नं ३ मा समायोजन भएको संयोजक डा बाबुराम भट्टराईले जानकारी गराएका थिए । ‘हामीले खुशी मनायौं ,दिप प्रज्वलन गर्यौँ तर हाम्रो खुशी २४ घण्टा बित्न नपाउदै खोसीयो । मस्यौदामा ठोरी बारे केहि उल्लेख छैन,’ समितिले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij