प्रकाशित मिति : शुक्रबार, मंसिर ३, २०७३
काठमाडौं । नेपालका किसानले बजार माग र नाफाको आधारमा खेती गर्ने गरेको एक अध्ययनले देखाएको छ ।
विभिन्न दश जिल्लामा गरिएको कृषि संग सम्बन्धित अध्ययन प्रतिवेदनले किसानले जलवायु परिवर्तन भन्दा पनि खेती प्रणालीमा आएको आधुनिकता र बजारको माग अनुसार बाली परिवर्तन गर्ने गरेको देखाएको हो ।
कुनै पनि बस्तुमा बजारले गरेको मुल्य निर्धारण र नाफाको आधारमा कृषकले नयाँ नयाँ बाली भित्र्याउने गरेको अध्ययनले देखाएको छ ।
नेपाल आर्थिक संघले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा अनुसन्धानकर्ता नन्दकाजी बुढाथोकीले बजार र नाफामुखी खेती प्रणाली विकसित हुदै गएको बताए ।
कृषि मन्त्रालयले जलवायु परिवर्तनका कारण परम्परागत खेतीमा कमि आएको र नयाँ नयाँ प्रजातीका रोगका कारण उत्पादनमा ह«ास आएको बताएपनि अध्ययन अनुसार कृषकले नाफामुखी भएर नयाँ नयाँ ढंगबाट खेती गर्न थालेको देखिएको हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij