प्रकाशित मिति : शुक्रबार, मंसिर ३, २०७३
नवलपरासी । भैरहवा–भुमही बाईपास सडकखण्ड अन्तर्गत नवलपरासीको सुक्रौली–२ स्थित ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको छ भने एक जना घाईते भएका छन् ।
आज दिउँसो लु १ ख ९७७९ नम्बरको ट्रकले विपरित दिशाबाट आउदै गरेको लु ९ प ८३८४ नम्बरको मोटरसाईकललाई ठक्करदिँदा मोटरसाईक चालक रामग्राम १० बस्ने वर्ष ३४ को बैजु हरिजनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
ट्रकको ठक्करले अनियन्त्रित भई लु ९ प ८४८४ नम्बरकै मोटरसाईकल संगै हिडेको लु ८ प १०८९ नम्बरको मोटरसाईमा ठोकिदा मोटरसाईकल सवार सोहि ठाउँ बस्ने वर्ष २७ को जंगलि हरिजन घाईते भएको प्रहरीले जनाएको छ । घाईते हरिजनको जिल्ला पृथ्वीचन्द्र अस्पतालमा उपचार भैरहेको छ । मोटरसाईकललाई ठक्करदिने ट्रक प्रहरकिो नियन्त्रणमा रहेपनि ट्रक चालक भने फरार रहको प्रहरीले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij