शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

मापदण्ड मिचिएका घरहरूलाई कानुनी मान्यता दिने तयारी

  • प्रकाशित मिति : शनिबार, मंसिर ४, २०७३



  • काठमाडौँ  । काठमाडौं महानगरपालिकाले सामान्य किसिमको मापदण्ड मिचिएका घर तथा भवनहरूलाई कानुनी मान्यता दिने तयारी गरेको छ ।पछिल्लो समय उपत्यकाभित्र मापदण्डविपरीत बनेका भवनहरूको संख्या अत्यधिक भएपछि महानगरपालिकाले सामान्य प्रकृतिको मापदण्ड मिचिएको भए त्यस्ता भवनहरूलाई कानुनी मान्यता दिने तयारी गरेको हो ।

    महानगरपालिकाभित्रका ८० प्रतिशत भवन कुनै न कुनै रूपले मापदण्ड मिचेर बनाइएको अनुमान गरिएको छ ।मापदण्ड मिचिएका भवनलाई कानुनी मान्यता दिन महानगरपालिकाले सबभन्दा पहिला सबै घर तथा भवनहरूको विस्तृत विवरण संकलन गर्नेछ । महानगरपालिकाले आगामी पुस मसान्तभित्र आ–आफ्ना घर तथा भवन विवरणसहित दर्ता गर्न सार्वजनिक सूचना जारी गरेको छ ।

    भवन निर्माण स्वीकृति नलिई बनाइएका भवन भए त्यस्ता भवन पनि स्केच, क्षेत्रफल र तलासहित विवरण आफैं घोषणा गरी महानगरपालिकामा बुझाउन भनिएको महानगरपालिकाका सूचना अधिकृत महेश काफ्लेले बताए ।कानुनबमोजिम बनेका तथा कानुनविपरीत बनेका सबैखाले घर तथा भवनहरूको विवरण संकलन भएपछि सानातिना नियम उल्लंघन भएका भवनलाईचाहिँ छुट दिइने उनले बताए, राजधानी दैनिकमा खबर छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij