आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

निर्वाचनमा जान्छु जिते मन्त्री बन्छु

  • प्रकाशित मिति : बुधबार, मंसिर ८, २०७३



  • गायिका कोमल वली सोमबार राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरिन् । गत तिजमा सार्वजनिक उनको गीतमा स्वर दिएका पशुपति शर्माले गीतबाटै उनलाई भनेका थिए, ‘अब राजनीतिमा लाग ।’ पार्टी प्रवेशपछि सोमबार साँझ उनीसँग भएको कुराकानीको सम्पादित अंशः

    भनिन्छ, एउटा कलाकार कुनै एउटा राजनीतिक दलको हुन सक्दैन, ऊ त साझा हो । तर, तपाईंले त पार्टी छान्नुभयो, राजनीतिमा हाम्फाल्नुभयो ?
    म एउटा पार्टीमा लाग्नु भनेको कलाकारिताको धर्म छोड्नु होइन । कलाकारका रूपमा मञ्चमा उभिँदा त म सबैकी साझा हुँ । तर, समाजसेवाका लागि मैले राजनीति छानेँ । अहिले समाजसेवा गर्न म राजनीतिमा प्रवेश गरेकी हुँ । राप्रपा त मेरो लागि समाजसेवाको एउटा प्लेटफर्म मात्र हो ।

    komal

    पछिल्लो समय राजनीतिप्रति वितृष्णा बढिरहेको छ । सामाजिक सञ्जालमा समाजसेवालाई नाम मात्र बनाएको भनेर नेताहरूमाथि गाली गरिरहेका छन् । तर, तपाईं समाजसेवा गर्न राजनीतिमा आएको हुँ भन्नुहुन्छ नि ?
    राजनीतिको विकल्प नै छैन । झन् हाम्रोजस्तो विकासोन्मुख देशमा त विकासको एउटै विकल्प भनेको राजनीति नै हो । सामाजिक सञ्जालमा गाली गर्नु वा वितृष्णा बढेको छ भन्नु त भ्रम मात्र हो । यदि त्यस्तो हुन्थ्यो भने किन अधिकांश नेपाली कुनै न कुनै राजनीतिक दलमा आस्था राख्थे र ? किन अहिले पनि युवाहरू कुनै राजनीतिक दलका कार्यकर्ता भएर बस्थे र ?

    राजनीतिप्रति किन पनि वितृष्णा बढाउनुहुन्न भने देशको मूल नीति बनाउने नै राजनीतिले हो । त्यही मूल नीति कार्यान्वयनका लागि नेताहरू लागिरहनुभएको छ । यो फरक कुरा हो, त्यसका लागि सच्चा देशभक्त, सही मार्गमा निर्देशित तथा स्वार्थभन्दा माथि उठेर काम गर्ने मान्छे राजनीतिमा आवश्यक छ । हाम्रोमा चाहिँ राजनीतिलाई व्यवसाय पनि मानिएको छ । यो गलत हो । मचाहिँ सच्चा मन लिएर राजनीतिमा प्रवेश गरेकी हुँ । यो मेरो चाहना पनि हो ।

    अब राजनीतिमा लागेपछि के तपाईं सांगीतिक यात्रालाई पूर्णविराम लगाउन चाहनुहुन्छ ?
    सांगीतिक छाप त म जन्मँदा नै मेरो शरीरमा आएको हो । यसलाई म छाड्न सक्दिनँ । राजनीतिमा लाग्नुको अर्को कारण के पनि हो भने मैले चाहेको परिवर्तन अहिले जहाँ छु त्यहाँबाट मात्र पनि सम्भव नहुँदो रहेछ । हुन त मैले अहिले पनि सेवा गरिरहेकी छु, तर मैले बोलेका कुराले परिवर्तनका लागि त्यति ठूलो महत्व राख्न सकेनन्, वा भनौँ मैले सांगीतिक क्षेत्रमा मात्र लागेर परिवर्तन ल्याउन सकिनँ । त्यसैले पनि मलाई राजनीतिमा लाग्नैपर्छ भन्ने भयो ।

    oli

    तपाईंले पार्टी एकीकरणकै दिन पार्टी प्रवेश गर्ने योजना बनाउनुभएको थियो ? आखिर राप्रपा नै किन छान्नुभयो ?
    हो, मलाई आज पार्टी प्रवेश गरेपछि शुभचिन्तकको फोन आयो । केहीले भन्नुभयो– छान्नुछान्नु, ठूलै पार्टी छानेको भए हुन्थ्यो नि, मन्त्री बन्न पनि पाइन्थ्यो । तर, म मन्त्री बन्न पाइन्छ भनेर राजनीतिमा लागेकी होइन । सानो होस् या ठूलो होस्, पार्टीका आ–आफ्ना आदर्श छन्, अजेन्डा छन् र नीति छन् । मलाई राप्रपाकै नीति मन परेकाले मैले यो पार्टी छानेँ । त्यसमाथि कमल थापाज्यू मेरो सानैदेखिको आदर्श हुनुहुन्छ । यसले पनि राप्रपामै प्रवेश गर्न मलाई निर्देशित गर्‍यो । अर्को कुरा यो पार्टीका नेताहरू विद्वान् हुनुहुन्छ, असल हुनुहुन्छ । तर, यसको अर्थ अरू नेता ठीक हुनुहुन्न भन्ने पनि होइन ।

    तर, एकीकरणकै दिन पार्टीमा प्रवेश गर्ने योजनाचाहिँ थिएन । कार्यक्रममै कमल थापाज्यूले आफ्नो सम्बोधनमा उद्घोष गर्नुभयो । मैले पनि नाइँ भन्न सकिनँ । म त एउटा छुट्टै कार्यक्रम होस् र म पार्टी प्रवेश गरूँ भन्ने चाहन्थेँ । तर, कमल थापाज्यूले आज विशेष दिन, एकीकरणको दिन भन्नुभयो । त्यसैले मैले पार्टी प्रवेश गर्ने निर्णय गरेँ । त्यसमाथि आज सोमबार पनि हो । म महादेवकी भक्त । यो महादेवको बार हो । यसकारण पनि मैले यो अवसर गुमाउन चाहिनँ ।

    अहिले त यो सम्भव पनि छैन । तर, हामीले संविधान कार्यान्वयन गर्नुपर्छ । निर्वाचन गर्नुको विकल्प पनि छैन । यदि निर्वाचनमा मैले सम्मानजनक जित हासिल गरेँ र ठाडो शिर गरेरै मन्त्री हुन पाएँ भने नाइँ नभनुँला ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij