शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

अंगीकृत नागरिकलाई प्रमुख पद दिन हुन्नः अशोक राई

  • प्रकाशित मिति : बिहिबार, मंसिर ९, २०७३



  • उदयपुर ।  संघीय समाजवादी फोरम नेपालका नेता अशोक राईले अंगीकृत नागरिकलाई राज्यका प्रमुख पद दिने गरि संविधान संशोधन गनुपर्ने आफ्नो पार्टीको माग नभएको बताएका छन् । ashok-rai
    संघीय समाजवादीका फोरम उदयपुरले विहिबार गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलन नेता राईले बैवाहिक अंगिकृतको सम्बन्धमामात्रै अन्तरिम संविधान अनुसार संशोधन हुनु पर्छ भन्ने गठबन्धनको माग रहेको बताए ।

    राईले अगिकृत नागरिकताको बारेमा मधेशका समस्या समाधान गर्न नचाहने (नेकपा एमालेको नाम नलिईकन) अहिलेको दोस्रो ठूलो दलले फिँजाएको हल्ला मात्र रहेको ठोकुवा गरे ।

    संविधान संशोधनको प्रसंगमा नेता राईले एक हप्ताभित्र संविधान संशोधनको प्रक्रिया सुरु हुने आशा जागेको बताए ।
    उनले प्रधानमन्त्री प्रचण्डले संविधन संशोधनको छलफल अघि बढाई रहनु भएकाले आशा पलाएर आएको बताउँदै भने, ‘ प्रधानमन्त्रीले जुन ढंगले संशोधनको बाताबरण बनाउन लाग्नु भएको छ, त्यसमा मलाई आशा छ । नेता राईले भने, ‘संविधानमा भएका त्रुटि हटाउने प्रतिबद्धताका साथ प्रधानमन्त्री लाग्नु भएकाले संशोधन हुने मैले देखेको छु’ ।

    नेकपा एमाले पनि संशोधनमा सहमत हुनुपर्ने उनले जोड दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij