प्रकाशित मिति : बिहिबार, मंसिर ९, २०७३
रामेछाप । सिन्धुलीबाट रामेछापको मझुवातर्फ जाँदै गरेको बोलेरो जीपमा अचानक आगलागी हुँदा एकजना घटनास्थलमै मृत्यु भएको छ ।
बिहीबार बिहान सिन्धुलीबाट छुटेकोे लु १ ज २१८७ नम्बरको बोलेरो जीप मझुवा–१ निगालपानी भन्ने स्थानमा पुग्दा आगलागी भएको हो ।
आगलागीमा ज्यान गुमाएकाको पहिचान अझै हुन नसकेको रामेछापको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए ।
मृतकको शवपूर्ण रुपमा जलेकाले पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
सदरमुकाम मन्थलीबाट घटना स्थल पुग्न एक दिनको पैदल यात्रा गर्नुपर्छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक कुमोध ढुंगेल सहितको टोली घटनास्थल गएको र प्रहरी घटना स्थलमा पुगेपछिमात्र बाँकी बारेमा जानकारी दिन सकिने प्रजिअ अधिकारीले जानकारी दिए ।
घटनास्थलमा जनमुक्ति सेना पार्टीको पर्चा फेला परेको प्रहरीले जनाएको छ । सोही पार्टीका कार्यकर्ताले घटना घटाएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij