शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

लेखनाथका ग्रामिण भू–भागमा खानेपानीको हाहाकार

  • प्रकाशित मिति : शुक्रबार, मंसिर १०, २०७३



  • पोखरा । कास्कीको सिल्दुजुरे गाविसस्थित थाक खानेपानी आयोजनाबाट ल्याइएको खानेपानी प्रभावकारी रुपमा वितरण हुन नसक्दा लेखनाथ नगरपालिका र आसपासका गाउँमा यतिबेला खानेपानीको हाहाकार भएको छ । वर्षौंदेखि उपभोक्ता समिति गठनमा ढिलाई हुँदा र आयोजनाको पानी समान वितरण नहुँदा खानेपानीको हाहाकार भएको हो ।

    २०५१ सालमा नेपाल सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको थाक खानेपानी आयोजनाको पानीमा कास्कीका सााविकका ५ वटा गाविस हालको लेखनाथ नगरपालिका वडा नं ४, ५ र १० का नागरिकहरु सो पानीमा आश्रित रहेका छन् ।

    कूल २ सय १ धारा मार्फत तत्कालिन समयका ५ गाविसका १९ हजार उपभोक्ता लाभान्वित हुने गरि निर्माण गरिएको योजना अहिले अस्तव्यस्त वनेको छ ।

    थाक खानेपानीको मूल समिति नै समयमा गठन हुन नसक्दा पानीको प्रभावकारी वितरण नभएको उपभोक्ताको गुनासो छ । अर्को तिर उपभोक्ताभित्र पनि चरम राजनीति भएको आरोप लागेको छ ।

    एक गाग्री पानी लिन धारोमा जाँदा दिन नै बित्ने गरेको उपभोक्ताको भनाई छ ।
    ‘पहिलो कुरा धारोमा पानी नै आउँदैन, आईहाले पनि एक गाग्री पानी थाप्दा नै दिन गएपछि अरु काम कसरी गर्ने ?’ –लेखनाथ ५ सिलिङ्गेका सागर अधिकारीले भने ।

    सिल्दूजुरे गाविसको थाक भन्ने स्थानको कूल १५ किलोमिटर दुरीबाट ल्याईएको सो खानेपानी अहिले कतै पोखिएको त कतै हाहाकार भएको उपभोक्ताले गुनासो गरेका छन् । करिव १२ किलोमिटर पाँच इन्चीको स्टील पाईप र ३ किलोमिटर लामो प्लाष्टिक पाईपको माध्यमबाट सो पानी ल्याईएको छ ।

    २०५८ सालदेखि २०७३ सालसम्म उपभोक्ता समिति गठन हुन नसक्दा पानीको वितरण अस्तव्यस्त र भद्रगोल भएको नागरिकको गुनासो छ ।

    २०५८ सालदेखि हालसम्म नेकपा एमाले कास्कीका पूर्व–अध्यक्ष मानवहादुर जिसी अध्यक्ष रहेको सो समिति एकलौटी ढंगले चलाएको आरोप स्थानीय उपभोक्ताले लगाएका छन् ।

    स्थानीय उपभोक्ताहरुका अनुसार जिसीले सो समितिमा तत्कालिन अवस्थामा सवै नेकपा एमाले निकटका सदस्य नियुक्त गरेका थिए । हाल ती सदस्यहरु सवै लाखापाखा भएका छन् । उनी अहिले पनि एमाले बाहेकको नेतृत्व अर्कालाई हस्तान्तरण गर्न तयार छैनन् । तर स्थानीय उपभोक्ताहरु भने एकै दलको उपभोक्ता समिति भन्दा विशुद्ध उपभोक्ताको मान्छे अध्यक्ष हुनुपर्ने अडानमा रहेको वताउँदै आएका छन् ।

    यता समयमा उपभोक्ता समिति गठन हुन नसक्दा राज्यले दिने मर्मत सम्भार सुविधावाट पनि सो आयोजना वञ्चित भएको उपभोक्ताहरुले वताएका छन् । चार महिना अघि क्षेत्रीय सुपरीवेक्षण कार्यालय पोखराको अगुवाईमा नयाँ समिति गठन गर्न भेला डाकिएको थियो ।

    सो भेलामा उपस्थित उपभोक्ताहरुले समितिको आर्थिक पारदर्शिताका कुरा उठाएपछि एकमहिना भित्र आर्थिक पारदर्शिता कायम गर्दै नयाँ समिति गठन गर्ने सहमति भएको राखी उपसमितिका अध्यक्ष चेतवहादुर रानाभाटले जानकारी दिएका छन् । तर चार महिना वितिसक्दा समेत अध्यक्ष जिसीले उपभोक्ता समिति गठन गर्ने र वर्षौदेखिको हिसाव किताव पारदर्शी गर्ने तर्फ ध्यान नदिएको उनले वताए ।

    पटक पटक अनुरोध गर्दा समेत २०५८ सालदेखि अध्यक्ष रहँदै आएका जिसीले सो समितिको आम्दानी र खर्च सार्वजनिक गर्न अटेरी गर्दै आएको उपभोक्ताहरुको आरोप छ ।

    तर उपभोक्ता समितिका अध्यक्ष जिसीले आफूले सो संस्थावाट केही नलिएकोले हिसाव किताव सार्वजनिक गर्न नपर्ने वताए । उनले आफूले अहिले स्थानीय पुरुषोत्तम ढुंगानालाई समितिको अध्यक्षको हैसियतमा काम गर्ने गरी खटाएको जानकारी दिएका छन् ।
    विना भेला र विधान विपरित अध्यक्ष जिसीले अर्कै व्यक्तिलाई जिम्मा लगाएको भनेर उम्किन खोजेपछि स्थानीय उपभोक्ताहरु यतिवेला आक्रोशित भएका छन् । उनीहरुले अध्यक्ष जिसीले तत्काल हिसाव किताव सार्वजनिक गर्नै पर्ने वताएका छन् । यता अध्यक्ष जिसीले सो समिति पुस माघको पारिलो मौषम पारेर गठन गर्ने वताए ।

    क्षेत्रीय सुपरीवेक्षण कार्यालय पोखराले पनि थाक खानेपानी आयोजनाको नयाँ समिति गठनवारे पटक पटक ताकेता गरेपनि स्वयं पुरानो समिति जागरुक नभएको वताएको छ । खानेपानी जस्तो संवेदनशील कुरामा राजनीति नगरौं भनेर पटक पटक ताकेता गर्दा समेत पुरानो समितिले अहिले सम्म वेवास्ता गरेको इन्जिनियर सुमन थापाले जानकारी दिएकी छन् ।

    उनले नयाँ समिति गठन नभएसम्म कुनै पनि अन्य कार्य सो आयोजनामा अगाडि वढाउन नसकिने वताईन् । प्रति सेकेण्ड एक लिटर पानी झर्ने गरी निर्माण गरिएको सो आयोजनामा अहिले प्रतिमिनेट पाँच लिटर मात्रै पानी झर्ने गरेको छ ।
    यता थाक खानेपानी आयोजनाका जानकार नेपाली कांग्रेस कास्कीका निवर्तमान सभापति एवं सभासद यज्ञवहादुर थापाले थाकखाने पानी आयोजनाको उपभोक्ता समिति ज्यादै पुरानो भएको र पुरानो समितिले हिसाव किताव पनि सार्वजनिक नगरेकोले तत्काल हिसाव किताव सार्वजनिक गरी नयाँ समिति गठन गरिनु पर्ने वताए ।

    उनले प्रत्येक गाविस र वडावाट प्रतिनिधी छनौट गरी मूल समिति निर्माण गर्न अव ढिला भईसकेको वताए ।

    आश्रित गाविसमा स्थानीय खानेपानी सरसफाई उपभोक्ता समिति अध्यक्ष सहितका पदाधिकारी गठन गरी प्रत्येक वडावाट ५ जना प्रतिनिधीको दरले २५ सदस्यीय मूल समिति गठन गरिनु पर्ने विधानमा प्रावधान रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij