शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

चालक अनुमतिपत्र फाराम भर्न अघिल्लो रातबाटै लाममा

  • प्रकाशित मिति : शुक्रबार, मंसिर १०, २०७३



  • काठमाडौं । सवारी चालक अनुमतिपत्रको फाराम भर्न नसकेर बुधबार फर्किएका सिन्धुपाल्चोकका रमेश तामाङ बिहीबार पनि फर्कन बाध्य भए ।

    बुधबार बिहान ७ बजे नै एकान्तकुना पुगेका उनी भीड देखेर फर्किएका थिए तर बिहीबार पुनः कार्यालय पुग्दा त्यहाँका कर्मचारीले हलुका सवारी साधनको शुक्रबारसम्मको टोकन सकियो भनेपछि उहाँ फर्कन बाध्य भएका हुन् ।driving-lisence-trial

    बुधबार बाग्मती यातायात व्यवस्था कार्यालयमा नै भेटिएका मकवानपुरका विकास चम्रेल भने फाराम भर्न पाएकामा दङ्ग देखिन्थे । उनी राति ३ बजे नै एकान्तकुना पुगेका थिए । आफू पुग्दा राति ९/१० बजेदेखि बसेकाहरु भेटिएको चम्रेलले बताए ।

    कार्यालयले दुई महिनापछि बुधबारबाट चालक अनुमतिपत्रका लागि आवेदन फाराम लिन थालेको हो । लामो समयदेखि बन्द रहेको र अन्य अञ्चल कार्यालयले सेवा नदिएका कारण कार्यालयमा फाराम भर्नेको भीड लागेको छ । बुधबार मात्रै झन्डै चार हजार सेवाग्राही आइपुगेको कार्यालयमा कार्यरत कर्मचारीले बताएका छन् । एक दिनमा चारपाङ्ग्रे हलुका सवारी साधनको २०० र मोटरसाइकल ५०० गरेर कार्यालयले जम्मा ७००को फारम लिने गरेको छ ।

    रामशाहपथस्थित नेसनल ट्रेडिङ सेन्टरमा सवारी जाँच हुने गरेकामा चाडपर्वका समय नेसनल ट्रेडिङले स्थान उपलब्ध नगराएका कारण दुई महिनासम्म सेवा दिन नसकिएको कार्यालयका प्रमुख तेजनारायण यादवले बताए । फाराम भर्ने समयमा सधैँ भीड हुने भए पनि दुई महिनासम्म सेवा ठप्प हुँदा भीड धेरै गुणा बढेको छ । उनी भन्छन्, ‘सामान्य हुन अझै केही समय लाग्न सक्छ ।’

    लामो समयपछि चालक अनुमतिपत्र खुलेकाले प्रमुख यादव मङ्गलबार राति झन्डै ८ः३० बजेसम्म कार्यालयमा भोलिपल्टको तयारीका लागि बसेका थिए । बिहान आफू ६ः३० बजे पुग्दा नै धेरै सेवाग्राही आइसकेका थिए भन्दै उनले सेवाग्राही धेरै भए पनि कार्यालयले क्षमताअनुसार मात्रै सेवा दिन सक्ने बताए । रातिबाट नै लाम लाग्न आएकालाई प्रहरीले हटाएको थियो । फाराम भर्न नपाएकाहरुले प्रवेशद्वार, पर्खाललगायतका स्थान तोडफोडसमेत गरेका छन् ।

    कार्यालयले मोटरसाइकलको फाराम सङ्कलन सोमबारदेखि शुक्रबारसम्म गर्दै आएको छ । प्रत्येक दिन ५०० सेवाग्राहीले फाराम भर्न सक्छन् । हलुका सवारी साधनका लागि भने २०० जनाले फाराम भर्न पाउने व्यवस्था छ । आइतबार भारी सवारी साधन र स्कुटरका लागि चालक अनुमति पत्रको फाराम लिने गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij