प्रकाशित मिति : शुक्रबार, मंसिर १०, २०७३
नेपाली समाजमा पुरुषले महिलालाई मात्रै हिंसा गर्छन् भन्ने मान्यता छ । प्रतिशत र प्रकृतिका आधारमा नेपालमा महिला हिंसा नै बढी भएको तथ्याकंले देखाउँछ, लैगिंक हिसाबले भने लिंगकै आधारमा महिला, पुरुष र लैगिंक अल्पसंख्यक समुदायमाथि हुने हिंसालाई जनाउँछ ।


लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भमा काभ्रेमा शुक्रबार पुरुष पदयात्रा आयोजना गरिएको छ । महिला तथा बालबालिका कार्यालय, जिल्ला प्रहरी कार्यालयअन्तर्गतको महिला तथा बालबालिका केन्द्र र मानवअधिकारको क्षेत्रमा कार्यरत विभिन्न गैरसकारी संस्थाको आयोजना भएको पदयात्राका सहभागीले धुलिखेल नगर परिक्रमा गरेका थिए । सहभागी पुरुषहरुले बेलुनमा ‘म लैंगिक हिंसा गर्दिनँ’ लेखेर प्रमुख जिल्ला अधिकारी शिव सिम्खडालाई हस्तान्तरण गरेका थिए ।

प्रजिअ सिंखडाले पनि बेलुनमा म लैगिंक हिसा गर्दिन भन्ने लेखेर उडाएका थिए । महिलाविरुद्ध हिंसा नगर्न पुरुषको प्रतिबद्धताको लागि पदयात्रा गरिएको आयोजकमध्येको सिर्जनशील समाज नेपालका अध्यक्ष नवराज ढकालले जानकारी दिए ।




लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान काभ्रेमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij