प्रकाशित मिति : शनिबार, मंसिर ११, २०७३
काठमाडौ । धितोपत्र वोर्डले बोर्डबाट स्वीकृत धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका २०७३ वमोजिम ‘एप्लिकेशन सपोर्टेड वाइ ब्लक्ड एमाउण्ट’ (एएसवीए) प्रणाली आगामी माघ १ गतेदेखि लागू गर्ने निर्णय गरेको छ ।
उक्त प्रणाली लागु गर्नेक्रममा बोर्डले निर्देशिकाको व्यवस्था वमोजिम यो एएसवीए प्रणालीमा सहभागी भई सेवादिन बैंक/वित्तीय संस्थाहरुलाई बोर्डमा निवेदन दिन सूचना समेत जारी गरेको छ ।
धितोपत्रको सार्वजनिक निष्काशन कार्यलाई छिटो छरितो र पारदर्शी बनाई सर्वसाधारण लगानीकर्ताले सहज रुपमा धितोपत्र खरीद गर्न सक्ने व्यवस्था गर्ने उद्देश्यले यो प्रणाली लागु हुन लागेको वोर्डले जनाएको छ । यसका लागि नेपाल राष्ट्र बैंकबाट क वा ख वर्गको इजाजतपत्रप्राप्त गरी बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गरेको, प्रति शेयर चुक्ता पूँजी भन्दा प्रतिशेयर नेटवर्थ बढी भएको हुनुपर्नेछ । यस्तै, कम्तीमा पाँचवर्ष सञ्चालनमा रहेको र कम्तीमा पछिल्लो दुई वर्ष खुदनाफामा सञ्चालनमा रहेको, निष्कृय कर्जा पाँच प्रतिशतभन्दा कम रहेको, नेपाल राष्ट्र बैंकबाट समस्याग्रस्त घोषणा भएको भएत्यसको फुकुवाभएको तीनवर्ष पूरा भएको हुनुपर्नेछ ।
काठमाडौ ंउपत्यकाभित्र कम्तीमा चारवटा शाखा कार्यालय भएको, धितोपत्रको सार्वजनिक निष्काशन गरी सूचीकृत भएको, बैंक÷वित्तीय संस्थाको प्रबन्धपत्र वा नियमावलीमा धितोपत्र खरिदको दरखास्त संकलन सम्बन्धी कार्य गर्न सक्ने व्यवस्था उल्लेख भएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij