शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

ग्रामीण बस्तीमा आयोडिनयुक्त नुनको प्रयोग कम

  • प्रकाशित मिति : शनिबार, मंसिर ११, २०७३



  • पाल्पा । चेतना र ज्ञानको कमीले अझैपनि ग्रामीण भेगका जनता आयोडिनयुक्त नुनको सट्टा खुल्ला नुनको प्रयोगमा निर्भर छन् ।

    जिल्लाका विकट र दुर्गम गाउँ बस्तीका जनताले अझै पनि खुल्ला नुनकै भरमा जीवन गुजारा गर्दै आएका छन् । झिरुवास खाँदरकी लक्ष्मी पाटा मगरले आफूले जानेदेखि नै खुल्ला नुनको प्रयोग गर्दै आइरहेको बताउँछन् ।

    आयोडिनयुक्त प्याकेटको नुन प्रयोग सम्बन्धी उनी अझैपनि अनविज्ञ छिन् । पाटा जस्तै यस गाउँका धेरै महिलाले खाना पकाउँदा सधँै खुल्ला नुनको प्रयोग गर्ने गरेको बताउँछन् ।

    विरकोटका व्यापारी दलबहादुर श्रेष्ठले एक महिनामा दश क्वीन्टल भन्दा बढी खुल्ला नुन बिक्री हुने गरेको बताए ।
    मित्याल रुक्से भज्याङका व्यापारी सन्तोष सारु मगर भन्छन्, “ग्राहकले प्याकेटको नुनको सट्टा खुल्ला नुन नै खोज्छन्, एका दुईले मात्र आयोडिनयुक्त नुन प्रयोग गर्ने गर्दछन् ।”

    खुल्ला नुनको व्यापार अन्यको तुलनामा राम्रै हुने गरेको उनले बताए । गोठादीकी मीना चिदिले प्याकेटको तुलनामा खुल्लाको मूल्य कम भएकाले खुल्ला नुन नै प्रयोग गर्दै आइरहेको बताइन् ।

    आयोडिनयुक्त नुनको प्रयोग सम्बन्धमा जिल्ला स्वास्थ्य कार्यालय, नेपाल सरकार, विभिन्न सङ्घ संस्थाले गरेको सचेतनामूलक कार्यक्रम प्रभावकारी नभएका कारण ग्रामीण बस्तीमा खुल्ला नुनको प्रयोगमा न्यूनीकरण नभएको हो ।

    सूचना तथा सञ्चारको क्षेत्र विस्तार भइरहेकै बेला रेडियो, टेलिभिजनबाट प्रसारण हुने सचेतनामूलक सन्देश वर्तमान समयमा स्थानीयस्तरमा रहेका एफएम रेडियोबाट समेत प्रसारण हुने गर्दछ । सबैका घर÷घरमा रेडियोको पहुँच पुगेकै छ ।

    मानिसमा चेतनाको कमीका कारण ग्रामीण क्षेत्रमा आयोडिनरहित नुनको प्रयोग कम हुन नसकेको स्वास्थ्य प्राविधिक बताउँछन् । ग्रामीण बस्तीका मानिसमा आयोडिनयुक्त नुनको प्रयोग कम भएका कारण विभिन्न रोग लाग्ने गरेको स्वास्थ्यकर्मी जीवन रानाले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij