शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालद्वारा शोक प्रकट

  • प्रकाशित मिति : शनिबार, मंसिर ११, २०७३



  • काठमाडौँ  ।  राष्ट्रपति विद्यादेवी भण्डारीले क्युबाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

    राष्ट्रपति भण्डारीले क्युबाका राष्ट्रपति राहुल क्यास्ट्रो रुजलाई आज एक शोक सन्देश पठाउँदै पूर्व राष्ट्रपति क्यास्ट्रोको निधनप्रति हार्दिक समवेदना प्रकट गरेकी छिन्। उनले शोक सन्तप्त परिवारजन, क्युबाली जनताको माझमा क्यास्ट्रो सधैँ रहिरहने भन्ने उल्लेख गरेकी छिन् ।

    सामाजिक न्याय, समानता, जनताको अधिकार स्थापनाका लागि फिडेलले प्रस्तुत गरेको क्षमता क्युबाली जनताले सधैँ सम्झिरहने विश्वाससमेत राष्ट्रपति भण्डारीले व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

    यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि राष्ट्रपति राहुल क्यास्ट्रोलाई एक शोक सन्देशमार्फत क्यास्ट्रो विश्वका एक लोकप्रिय र क्रान्तिकारी कम्युनिस्ट नेता एवम् समाजवादी अभियानको नेता समेत रहेको बताएका छन् । प्रधानमन्त्रीले क्यास्ट्रो जनताको वास्तविक प्रतिनिधिसमेत रहनुभएको उल्लेख गरेका छन् ।

    क्युबाका पूर्वराष्ट्रपति क्यास्ट्रोको गएराति ९० वर्षको उमेरमा निधन भएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij