शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

डोनल्ड ट्रम्प अचानक अफगानिस्तान भ्रमणमा

  • प्रकाशित मिति : शुक्रबार, मंसिर १३, २०७६



  • बीबीसी। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बिना कुनै सूचना अचानक अफगानिस्तानको भ्रणम गर्दै त्यहाँ खटिएका अमेरिकी सैनिकहरूलाई भेटेका छन्।त्यस क्रममा उनले अमेरिका र तालिबान विद्रोहीबीच वार्ता भइरहेको बताए।

    बाग्राम सैन्य अखडामा अमेरिकी सेनालाई सम्बोधन गर्दै ट्रम्पले भने, “तालिबानहरूले वार्तामार्फत् सहमति जुटाउन चाहिरहेका छन्।” आफ्नो पहिलो अफगानिस्तान भ्रमणका अवसरमा उनले अफगान राष्ट्रपति असरफ गनीसँग पनि भेटघाट गरेका छन्।

    शान्ति वार्ता थाल्ने उद्देश्यले अमेरिका र तालिबानबीच भएको बन्दी आदानप्रदानपछि ट्रम्पले थ्याङ्क्सगिभिङ भनिने अमेरिकी पर्वको अवसरमा अचानक अफगानिस्तान भ्रमण गरेका हुन्।

    त्यस क्रममा ट्रम्पले अमेरिकाले सैनिकको सङ्ख्यालाई उल्लेखनीय रूपमा घटाउन लागेको बताए। अहिले अफगानिस्तानमा झन्डै १३,००० अमेरिकी सैनिकहरू परिचालित छन्।

    सन् २००१ को सेप्टेम्बरमा अमेरिकामा भएका आतङ्कवादी आक्रमणपछि अमेरिकाले त्यहाँ आफ्नो सेना पठाएको १८ वर्ष पुगिसकेको छ। शान्ति वार्ताको पहल सुरु भएपछि हालै तालिबान विद्रोही र अमेरिकी पक्षबीच कतारको दोहामा वार्ता भएको थियो। तर औपचारिक वार्ता भने अझै सुरु भइसकेको छैन।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij