शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

चिकित्सकविहीन आयुर्वेदालय

  • प्रकाशित मिति : आइतवार, मंसिर १२, २०७३



  • झापा । यहाँका क्षेत्रीयस्तरका आयुर्वेद केन्द्र चिकित्सकविहीन छन् ।

    जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालय अन्तर्गत सात क्षेत्रीयस्तरका उपचार केन्द्र सञ्चालनमा छन् । सरुवा भई अन्यत्र जाँदा र कतिपयमा दरबन्दी रिक्त भएका कारण ती केन्द्र चिकित्सकविहीन भएका हुन् । बाहुनडाँगी, बुधबारे, दुधे, बैगुनधुरा, शनिश्चरे, चकचकी र शरणामती गाविसमा आयुर्वेद स्वास्थ्य केन्द्र छन् । तीमध्ये पछिल्ला तीनमा छ महिनादेखि प्रमुख चिकित्सक (कविराज) नै छैनन् ।

    शनिश्चरेका युवा समाजसेवी चतुर्भुज काफ्लेले शनिश्चरे स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा केन्द्र नै सुनसान बन्न पुगेको बताउनुभयो । उनले नियमित रुपमा केन्द्रबाट औषधोपचार गराइरहेका र निरास बन्दै फर्किने गरेका कतिपय निजी आयुर्वेद क्लिनिकतिर धाउन बाध्य भएको बताउए।

    दरबन्दी बमोजिम आयुर्वेद कविराज र वैद्यलाई गाउँका केन्द्रमा छिटो पठाउने व्यवस्था मिलाउन स्थानीयवासीको माग छ । जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालयका प्रमुख सकलदेव चौधरीले शाखामा चिकित्सकको अभाव रहेको स्विकार्दै एक हप्ताभित्र सबै शाखामा चिकित्सक उपलब्ध हुने आश्वासन दिए । उनले शरणामती र चकचकीमा दरबन्दी नै रिक्त भएकाले हालसम्म जिल्ला कार्यालयले नै सेवा प्रवाह गरिरहेको र बाँकी शाखामा सरुवा भएर कर्मचारी गएका कारण समस्या आएको जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij